Headlines News :
Home » » हराइरहेको विमानको 'सिग्नल सुनियो’

हराइरहेको विमानको 'सिग्नल सुनियो’

Written By Unknown on Saturday, April 5, 2014 | 9:14 PM


हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

पर्थ, अस्ट्रेलिया (बीबीसी), चैत्र २३ - मलेसिया एयरलायन्सको हराएको विमान खोजिरहेको चिनियाँ पानीजहाजका अनुसन्धानकर्ताले हिन्द महासागरको दक्षिणी भागमा सिग्नल सुनेको जनाएका छन् । विमानमा जडान भएको फ्लाइट रेकर्डरले उत्पादन गर्ने संकेतसँग मेल खाने त्यसको फ्रिक्वेन्सी ३७.५ किलोहर्ज प्रतिसेकेन्ड हो । तर, त्यसको उक्त विमानसँग सम्बन्ध भए/नभएको प्रमाणित भइसकेको छैन । विमानमा रहेको डाटा रेकर्डरको ब्याट्री सकिनुअगावै भेट्ने लक्ष्यसाथ दर्जनौं पानीजहाज र विमान खोजीमा जुटेका छन् । रेकर्डरको ब्याट्री एक महिना मात्र सक्रिय रहन्छ । अचानक आएको आवाज पानीजहाजमा रहेका तीन खोज विशेषज्ञले सुनेको दाबी गरिएको छ । त्यससँगै विमानको महत्त्वपूर्ण जानकारी पाउने 'ब्ल्याक बक्स' फेला पर्ने आस जागेको अधिकारीहरूले जनाएका छन् । पुष्टि हुने भग्नावशेष फेला नपरे पनि एमएच ३७० हिन्द महासागरमा दुर्घटनाग्रस्त भएको मलेसियाले घोषणा गरिसकेको छ । चार साताअघि ८ मार्चमा २ सय ३९ जना लिएर उडेको उक्त विमान क्वालालम्पुरदेखि बेइजिङको निर्धारित मार्ग परिवर्तन गर्नुको कारण अझै खुलेको छैन । झन्डै २ लाख १७ हजार वर्ग किलोमिटर क्षेत्रमा खोजी गरिरहेका दुई जहाजमा पानीमुनि भएका सामग्री फेला पार्ने क्षमता छ ।

हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

Share this article :

0 comments :

Speak up your mind

Tell us what you're thinking... !

Connect to facebook

 
Copyright © 2014. Nepal Histry - All Rights Reserved Published by Nepal Histry Designed by Online Computer Institute