Headlines News :
Home » » अचम्म लौ हेर्नोस,९३ किलोको खसी मोरङमा फेला पर्‍यो

अचम्म लौ हेर्नोस,९३ किलोको खसी मोरङमा फेला पर्‍यो

Written By Unknown on Sunday, March 23, 2014 | 10:14 PM


हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

८ चैत, (उर्लाबारी), मोरङ । मोरङको सिवनी-१ का विनोदकुमार महतोेले ५ वर्ष अघिदेखि पालेको एउटै खसीको तौल ९३ किलो छ । अनौठो ब्यबहार देखाएपछि महतोले सो खसी विक्री नगरी पाल्दै आएका छन् । राँगोजत्रै खसीको ब्यबहारले जो कोहीलाई आचश्र्यचकित बनाउने गरेको छ । खसीको ब्यबहारबा प्रभावित भएर स्थानीय तथा बटुवाले समेत खानेकुरा दिने र पूजा गर्ने गरेका छन् । बडेमानको खसीको ब्यबहार विचित्रको छ । गाउँमा हुने धार्मिक कार्यक्रमको भक्तिसंगीत सुन्नासाथ खसी कार्यक्रमस्थलमा जाने गर्छ । विराटनगर-रंगेली सडकखण्डको रामचौकका महतोले खुल्ला छोडेको खसी ५ किलोमिटर वरपर हुने सबै धार्मिक अनुष्ठानमा पुग्ने गरेको छिमेकी रामेश्वरदेव मण्डलले बताए । ०६४ मा सप्तरीको माहुलीबाट किनेर ल्याएको जमुनापारी जातको खसीले ०६८ चैत १३ देखि १८ सम्म आयोजित यज्ञमा पहलोपटक चमात्कारिक ब्यवहार देखायो । ‘यज्ञ सुरु भएदेखि नसकिएसम्म खसीले यज्ञस्थल छोडेन’, महतो भन्छन्, ‘यज्ञको विसर्जन गर्न मानिससँगै नदीसम्म गयो, खसीले धार्मिक ब्यबहार देखाएपछि आमाले खसी बिक्री गर्न दिनुभएन । पटक पटक खसी बेच्ने जमर्काे गरेका महतोकी आमाको ०६८ चैत २५ गते मृत्यु भएपछि दाहसंस्कार गर्न पनि खसी मलामीको अघि-अघि लाग्यो । त्यस घटनादेखि महतोले खसी बेच्ने निर्णयमा परिवर्तन गरे । ‘जनावर हो, तर मानिसको भन्दा सभ्य र संस्कारयुक्त ब्यवहार गर्छ, त्यसैले बेच्ने निर्णय बदलें’, महतोले भने । ०६९ जेठमा पनि गाउँमा भएको ठूलो यज्ञमा पनि खसीले यज्ञमासमेत यज्ञस्थल नछाडेको स्थानीय बताउँछन् । सात वर्ष लागेको खसी हाल ९३ किलोको भएको छ । छिमेकी गाविस नोचाका शैयद आलमले गत वर्षको रमजानमा खसीलाई एक लाख ५० रुपैयाँ दिएपनि खसी नबेचेको महतोको भनाई छ । ‘ठूलो खसी पालेर के गर्छस ? खसीले दाईँ गर्दैन, गाडा र हलो तान्दैन भनेर धेरैले बेच्ने सल्लाह दिए’, महतोले भने, ‘तर,पैसा भन्दा संस्कार र धर्म ठूलो भनेर खसी बेचेको छैन ।’

हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

Share this article :

0 comments :

Speak up your mind

Tell us what you're thinking... !

Connect to facebook

 
Copyright © 2014. Nepal Histry - All Rights Reserved Published by Nepal Histry Designed by Online Computer Institute