Headlines News :
Home » » कुकुर पाल्नुस पैसा कमौनुस भोटे कुकुरको मूल्य १८ करोड !

कुकुर पाल्नुस पैसा कमौनुस भोटे कुकुरको मूल्य १८ करोड !

Written By Unknown on Sunday, March 23, 2014 | 10:08 PM


हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

एउटा कुकुरको छाउरोलाई कति पर्छ ? गाउँघरतिर हो भने कुकुरका छाउराको मूल्य भन्दा पनि सित्तैमा लगिदिए हुन्थ्यो भन्ने अबस्था आइपर्छ । आजकल नेपालका शहरबजारमा घरानियाँहरुमाझ कुकुर पाल्ने शौख बृद्धि भइरहेको छ । त्यसैले उनीहरु हजारौं रुपैयाँ तिरेर उन्नत जातका कुकुर किनेर पाल्छन् । तर, यस्ता कुकुरको मूल्य हजार मात्रै हैन, लाख पनि हैन करोडौं रुपैयाँ पर्छ भनेर तपाईले कहिले पनि कल्पना गर्नुभएको थिएन होला । हजुर, तपाई बिल्कुल सही पढ्दै हुनुहुन्छ । एउटा कुकुरको छाउरोलाई १८ करोड रुपैयाँमा बिक्रि गरिएको छ । यो छिमेकी चीनको खवर हो, जहाँ तिब्बती मूलको मस्तिफ (नेपालमा भोटे कुकुर भनिने) जातको कुकुरको छाउरोलाई गत साता झण्डै १८ करोड रुपैयाँमा बिक्रि गरिएको छ । झेजियाङ भएको कुकुर प्रर्दशनीमा एक जग्गा ब्यापारीले १ करोड २० लाख युयानमा किनेका छन् । झट्ट हेर्दा जंगलको सिंहजस्तो देखिने यो कुकुर सुनौलो रंगको छ । यो कुकुरका मालिकले भने- यो जातको कुकुरमा सिंहको रगत मिसिएको छ ।’ उनले यस्तै अर्को कुकुरलाई झण्डै ६० लाख युयानमा बिक्रि गरेका छन् । चिनियाँ धनाढ्यहरुमाझ यो तिब्बती कुकुर ‘प्रतिष्ठाको बिषय’ बन्ने गरेको छ । निख्खर तिब्बती मस्तिफ जातको रातो पाण्डा जतिकै दुर्लभ रहेकाले यो निकै महंगो हुने गरेको ती कुकुरुका मालिकले जानकारी दिए । रातो रंगको मास्तिफ जातको कुकुर पालेमा माकिललाई सुरक्षा र सम्बृद्धि प्राप्त हुने बिश्वास रहेको छ । यसअघि सन् २०११ मा एक करोड चिनियाँ युयानमा यस्तै रातो मस्तिफ कुकुर बिक्रि भएको थियो जसले बिश्वकै सवैभन्दा महंगो कुकुरको रेकर्ड राखेको थियो । तिब्बती मास्तिफ जातको कुकुर तिब्बत, नेपाल मध्य एशियाको हिमाली क्षेत्रमा पाइने बेलायती पत्रिका डेली मेलले जनाएको छ । पहिले-पहिले हिमालतिर भेडा बाख्राको सुरक्षाका लागि यस्ता कुकुर पाल्ने गरिएको भएपनि अहिले यी कुकुर निकै महंगा र दुर्लभ मानिने समाचारमा उल्लेख छ ।

हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

Share this article :

0 comments :

Speak up your mind

Tell us what you're thinking... !

Connect to facebook

 
Copyright © 2014. Nepal Histry - All Rights Reserved Published by Nepal Histry Designed by Online Computer Institute