Headlines News :
Home » » मोना बेल्जियमद्वारा दृष्टिविहीन स्रोत कक्षालाई चार लाख सहयोग

मोना बेल्जियमद्वारा दृष्टिविहीन स्रोत कक्षालाई चार लाख सहयोग

Written By Unknown on Saturday, May 11, 2013 | 4:03 AM


हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

 म्याग्दी, २८ वैशाख । म्याग्दी जिल्लाको पिप्ले गाविसको मौवाफाँटस्थित ज्ञानोदय माविमा रहेको एक मात्र दृष्टिविहीन स्रोत कक्षालाई म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) बेल्जियमले चार लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।

    दृष्टिविहीन स्रोत कक्षाको सहयोगार्थ गत अप्रिल ७ तारेखका दिन सङ्घको पाँचौँ वार्षिकोत्सवको अवसरमा मोना बेल्जियमले मोना एकल नृत्य प्रतियोगितालगायतका कार्यक्रम सम्पन्न गरी आर्थिक सहयोग सङ्कलन गरेको थियो ।

    सङ्कलित उक्त रकम विद्यालयमा आयोजित एक समारोहबीच मोना बेल्जियमका उपाध्यक्ष लोक राना, महासचिव रकेन्द्र घिमिरे र कोषाध्यक्ष ज्ञान रकालले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुन सुवेदी, दृष्टिविहीन शाखाका अध्यक्ष मुकुन्दप्रसाद शर्मा र प्रअ नीलकण्ठ सुवेदीलाई संयुक्त रुपमा हस्तान्तरण गर्नुभएको थियो ।

    रकम हस्तान्तरण गर्दै मोना बेल्जियमका उपाध्यक्ष रानाले दृष्टिविहीन बालबालिकाको अध्ययनलाई सहज बनाउन आफूहरुले आर्थिक सहयोग उपलब्ध गराएको बताउनुभयो ।

    त्यस्तै, कार्यक्रममा प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले पनि आफूले प्रत्येक महिना व्यक्तिगत रुपमा दृष्टिविहीन बालबालिकालाई मासिक एक हजार रुपैयाँ नगद प्रदान गर्ने प्रतिबद्धताअनुसार चार महिनाको एकमुष्ट चार हजार रुपैयाँसमेत उपलब्ध गराउनुभएको थियो ।

जिल्लामै पहिलोपटक २०६५ सालदेखि सञ्चालन गरिएको दृष्टिविहीन स्रोत कक्षामा अहिले जिल्लाका विभिन्न ठाउँका नौजना दृष्टिविहीन बालबालिकाले अध्ययन गर्दै आएको विद्यालयले जनाएको छ ।

हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

Share this article :

0 comments :

Speak up your mind

Tell us what you're thinking... !

Connect to facebook

 
Copyright © 2014. Nepal Histry - All Rights Reserved Published by Nepal Histry Designed by Online Computer Institute