हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस
|
काठमाडौँ, २८ वैशाख । सरकारले राहदानीबाट दैनिक करिब रु एक करोड राजस्व सङ्कलन हुँदै आएको जनाएको छ । देशका विभिन्न जिल्लास्थित जिल्ला प्रशासन कार्यालय र परराष्ट्र मन्त्रालयअन्तर्गतको राहदानी विभागबाट जारी हुने राहदानीबाट उक्त रकम सङ्कलन हुँदै आएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।
विदेशस्थित ३२ वटा नेपाली नियोगबाट पनि राहदानी जारी हुने गरेको भएपनि त्यसको हिसाब वार्षिकरूपमा मन्त्रालयलाई प्राप्त हुने भएकाले त्यसलाई यहाँ समावेश गरिएको छैन ।
दैनिक एक हजार राहदानी जारी हुँदै आएको जानकारी दिँदै परराष्ट्र मन्त्रालयका प्रवक्ता अर्जुनबहादुर थापाले सरल ढङ्गले राहदानीको वितरण गर्न चाँडै नै ६८ जिल्लामा प्रत्यक्ष आवेदन दिने व्यवस्था गरिन लागेको बताउनुभयो ।
दुई दिनभित्र राहदानी चाहनेहरूसँग रु १५ हजार दस्तुर लिने सोचमा सरकार रहेको जानकारी पनि उहाँले दिनुभयो ।
हाल नियमित प्रक्रियामा रहेर राहदानी लिनेले रु पाँच हजार राजस्व बुझाउनुपर्छ भने एक साताभित्र लिन चाहनेले रु १० हजार सरकारी खातामा जम्मा गर्नुपर्ने प्रावधान छ ।
हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस
|

0 comments :
Speak up your mind
Tell us what you're thinking... !