बेइजिङ, आफ्नो स्मार्टफोनका साथमा टास्सिएर बसिरहने मानिसहरू सावधान हुनुस, त्यसमा पनि यदि अध्यारोमा यसको प्रयोग गर्नुहुन्छ भने अझै सतर्क हुनुहोला । अध्यारोमा स्मार्टफोनलाइ निकै प्रयोग गर्ने चीनकी एक महिलाको दाहिने आंखाको प्रकास आंशिक रूपमा नष्ट भएपछि यस कुराप्रति सावधानी अपनाउन भनिएको हो । सरकारी समाचार एजेन्सी सिन्हवाका अनुसार झेजियाङ प्रान्तमा बस्ने लियू अध्यारोमा दैनिक दुइ देखि तीन घण्टा सम्म स्मार्टफोनको प्रयोग गर्ने गर्दथिन । लियूको उपचार गर्ने चिकित्सकहरूका अनुसार उनको आंखाको प्रकाश आंशिक रूपमा नष्ट भएको छ । यस समस्याका लागी उनलाइ अध्यारोमा स्मार्टफोनको प्रयोगलाइ जिम्मेबार मानिएको छ । महिलाले भनिन कि जब चिकित्सकले मेरो बायाँ आँखा ढाकेका थिए, मैले केही पनि देख्न सकिन । अगाडी अध्यारो भएको थियो । पछिल्लो समय बढ्दो स्मार्टफोन र नेपाल जस्तो लोडसेडिङ हुने गरेको ठाउँमा अध्यारोमा स्मार्टफोनको प्रयोग गर्दा धेरै ध्यान पुर्याउनु पर्ने देखिन्छ ।
0 comments :
Speak up your mind
Tell us what you're thinking... !