
न्यूयोर्क, यो कुरा त धेरै मानिसहरूलाइ थाहै छ कि लसुन खानाको स्वाद बढाउनुका साथ साथै निकै स्वास्थ्यवर्धक पनि हुने गर्दछ । हालै गरिएको एक नयाँ अध्ययनमा बताइए अनुसार अंकुरित लसुन वा अंकुर फूटेको पुरानो लसुनमा ताजा लसुनको अपेक्षा एन्टीअक्सीडेन्ट गतिविधि धेरै हुने गर्दछ, जुन मुटुको लागी निकै लाभदायक हुने गर्दछ । मानिसहरूले हजारौं बर्षदेखि लसुनको प्रयोग चिकित्सामा गर्दै आएका छन । अमेरिकाको यूनिभर्सिटी अफ लोवाका मुख्य अनुसन्धानकर्ता जान्ग सेन्ग किमले बताए अनुसार आज पनि मानिसहरू लसुनबाट स्वास्थ्य सम्बन्धी लाभ उठाइरहेका छन । प्रायजसो लसुन खानाले कोलेस्ट्रोल, रक्तचाप र मुटुको रोगको खतरा प्राकृतिक रूपमा कम गर्न सकिने बिश्वास गरिन्छ । अंकुरित लसुनबाट प्राप्त हुने फाइदामाथ यद्दपी त्यति धेरै चासो लिइएको पाइँदैन । विभिन्न अध्ययनहरूका अनुसार, जब बीजबाट अंकुरण निक्लिन्छ, त्यसमा बिभिन्न प्रकारका यौगिक बन्न थाल्दछन, जुन साना विरूवा लाइ रोगबाट बचाउँदछन । किमको टीमले दिएको तर्क अनुसार यो कुरा पुरानो लसुनमा अंकुरण हुँदा पनि लागु हुन्छ । अन्य अनुसन्धानबाट के पत्ता लागेको छ भने अंकुरित कनैपनि अन्नहरूमा एन्टीअक्सीडेन्ट गतिविधि बढ्दछ, यसैले टिमले यो कुरा पत्ता लगाउने कोशिश गरेको छ कि लसुनमा पनि यहि कुरा लागु हुन्छ वा हुन्न । उनीहरूले अध्ययनका क्रममा पांच दिनको अंकुरण भएको लसुनमा एन्टीअक्सीडेन्ट गतिविधि ताजा लसुनको अपेक्षा निकै रहेको पाएका थिए । यहांसम्म कि यस अंकुरित लसुनले प्रयोगशालामा पनि क्षतिग्रस्त कोशिकाहरूको रक्षा गरेको थियो । यस अध्ययन को नतीजाको प्रकाशन अनुसन्धान पत्रिका जर्नल अफ एग्रीकल्चरल एण्ड फूड केमिस्ट्रीमा गरिएको छ, जसमा किमले अंकुरण, लसुनको एन्टीअक्सीडेन्ट क्षमतालाइ बढाउने उपयोगी तरिका हुन सक्ने बताएका छन ।
0 comments :
Speak up your mind
Tell us what you're thinking... !