हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस
|
विमानमा दुई जना यात्रु नक्कली राहदानी प्रयोग गरी सवार भएकोले विमान बेपत्ता अनुसन्धान मोडिन सक्ने बताइएको छ । भियतनामी भूभाग नजिक समुद्रमा तेल र केही सामग्रीसमेत तैरिएको खबर भियतनामी सञ्चारमाध्यमले दिए पनि खोजीमा सक्रिय मलेसिया, चीन, सिंगापुर, थाइल्याण्ड, इन्डोनेसिया र अमेरिकाका नौसेनाले कुनै प्रमाण फेला पार्न सकेका छैनन् ।
मलेसियन अधिकारीहरुले विमान बीच बाटोबाट मलेसियातर्फ नै फर्कन लागेको राडरको संकेत फेला परेको बताए पनि विमान किन फर्किन खोज्यो भन्नेबारेमा केही बताएका छैनन् । बोइङका चालक ३३ वर्षदेखि मलेसियामा विमान उडाइरहेका पुराना फाइटल जहारी अहमद साह हुन् । विमानमा अस्ट्रिया र इटालीका एक एक जना नागरिक रहेको बताइए पनि ती देशहरुले आप्mना नागरिकहरु विमानमा नरहेको स्पष्ट पारेको छ ।
यी नागरिकहरुको राहदानी चोरिएको र अर्कै व्यक्ति उडेको पत्ता लागेपछि विमान बेपत्तामा आतंकवादी समूहको समेत हात रहेको हुनसक्ने अनुमान गरिएको छ । अनुसन्धानमा अमेरिकी जाँच ब्युरो एफबीआई पनि संलग्न छ । मलेसिया सरकारले अध्यागमनमा कमजोरी भएको स्वीकारेको छ । अहिले विमानस्थलमा खिचिएको सीसटिभी फुटेजबाट अनुसन्धान बढाइएको छ । विमान बेपत्ता हुनुमा दक्षिणी चीनको विद्रोही समूह इगुरमाथि पनि आशंका गरिएको छ । सो समूहले एक हप्ताअघि छुरा हानी ३६ जनाको हत्या गरेको थियो ।
हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस
|


0 comments :
Speak up your mind
Tell us what you're thinking... !