‘पढ्यो–पढ्यो पाठ हजुर सोह्र दुना आठ’ जस्ता दर्जनौ चर्चित गीतमा स्वर दिएकी गायिका मन्जु महतको शनिबार निधन भएको छ । शुक्रबार सवारी दुर्घटनामा परी गम्भिर घाइते भएकी महतको उपचारको क्रममा आज ग्राण्डी अस्पताल धापासीमा मृत्यु भएको हो । आफ्नो पछिल्लो गीत रेकर्डका लागि स्टुडियोतर्फ गइरहेको बेला ठमेलको गल्कोपाखामा दुई माइक्रोबसले चेपे पछि उनी शुक्रबार गम्भिर घाइते भएकी थिइन् । माइक्रोबसले किचेका कारण उनको टाउको र मृर्गौलामा गम्भिर चोट लागेको थियो भने उनको देब्र खुट्टा हिजै नै काटिएको थियो ।
0 comments :
Speak up your mind
Tell us what you're thinking... !