Headlines News :
Home » » सामसुङ ग्यालेक्सी ‘एस फाइभ’ वर्ल्ड वाइड रिलिज कै दिन नेपाली बजारमा पनि

सामसुङ ग्यालेक्सी ‘एस फाइभ’ वर्ल्ड वाइड रिलिज कै दिन नेपाली बजारमा पनि

Written By Unknown on Monday, March 10, 2014 | 2:46 AM


हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

बहुप्रतिक्षित स्मार्टफोन सामसुङ ग्यालेक्सी ‘एस फाइभ’ वर्ल्ड वाइड रिलिज कै दिन नेपाली बजारमा पनि सार्वजनिक गरिने भएको छ ।

सामसुङले एप्रील ११ तारिखका दिन विश्वभरबाट ‘एस फाइभ’ बिक्री सुरु गर्ने तयारीमा छ । ‘नेपालमा पनि सोही दिन ‘एस फाइभ’ सार्वजनिक गर्ने हामीले लक्ष्य राखेका छौं’ सामसुङ मोबाइलको नेपालका लागि आधिकारिक बिक्रेता इन्टरनेशनल मार्केटिङ सर्भिसेज (आइएमएस)का अध्यक्ष दीकेश मलहोत्राले भने- ‘त्यही लक्ष्य अनुरुप तयारी भइरहेको छ ।’
अहिलेसम्म विश्व बजारमा बिक्री सुरु भइसकेको लामो समयपछि मात्र नेपाली बजारमा बिक्री सुरु गर्ने कम्पनीहरुको परिपाटी छ । जस्ले गर्दा स्मार्टफोन पारखीहरुलाई पुरानो सेट चलाएजस्तो महशुस हुने गरेको भन्दै आईएमएसले उसै दिन सार्वजनिक गर्न थालेको हो ।
एस ५ नेपाली बजारमा कालो, सेतो र निलो रङमा उपलब्ध हुने छ । १६ जीबी आन्तरिक मेमोरीमा उपलब्ध हुने एस फाइभको मूल्य नेपालमा करिव ७५ हजार हाराहारीमा पर्न सक्ने मल्होत्राले बताए । ‘अहिले नै मूल्य तय गरिसकेका छैनौं, तर ७५ हजार हाराहारी मै हुन्छ होला’ उनले भने ।
कम्पनी अहिले एस फाइभसँग उपभोक्तालाई के-कस्ता सुविधाहरु उपलब्ध गराउने भनेर गृहकार्यमा जुटिरहेको छ । मलहोत्राले भने- ‘विभिन्न सेवा प्रदायक कम्पनीहरुसँग मिलेर अहिलेसम्म कुनै कम्पनीले नदिएका सुविधाहरु एस फाइभमा उपलब्ध गराउने हाम्रो लक्ष्य छ ।’
एस फाइभ केही दिन अगाडी स्पेनको राजधानी बार्सिलोनामा चलिरहेको वल्र्ड मोबाइल कांग्रेसमा सार्वजनिक गरिएको थियो । सोही बेलामै सामसुङका प्रमुख कार्यकारी अधिकृत जेके सिनले एस फाइभ अपि्रल ११ तारिखबाट विश्वका १५० मुलुकबाट एकसाथ बिक्री सुरु गर्ने बताएका थिए ।
यस्ता छन् सुविधाहरु
एस फाइभमा ५.१ इञ्चको ठूलो स्कि्रन रहेको छ । झट्ट हेर्दा ग्यालेक्सी एस ४ जस्तो देखिने यो स्मार्टफोन प्रतिस्पर्धी आइफोन एसभन्दा दोब्बर गुणा बढी क्षमताको रहेको कम्पनीले दाबी गरेको छ ।
एस फाइभको पछाडी १६ मेगापिक्सल क्यामेरा जडान गरिएको छ भने अगाडी २.१ मेगापिक्सेल क्यामेरा जडान गरिएको छ । यसमा आईफोनको ५ एसमा जस्तै फिंगर फि्रन्ट स्क्यानरको क्षमता रहेको छ । सोनीको एक्स्पेरिया जेडजस्तै यो फोन पनि वाटर र डस्ट प्रुफ रहेको छ ।
स्मार्टफोन बजारमा हालसम्म उपलब्ध सबै सुविधाहरु एकै ठाउँमा राखेर सामसुङले यसलाई ‘सुपरफोन’ को रुपमा विकास गरेको दाबी गरेको छ । एस फाइभमा पछाडीको क्यामेराको ठिक तल एक हार्ट सेन्सर प्रयोग गरिएको छ । जस्ले प्रयोगकर्ताको मुटुमाथि समेत नजर राख्नेछ । यो फ्लासमाथि औंला राखेमा यसले ब्लड प्रेसरको दर थाहा दिनेछ ।
एस फाइभको होम बटममा फिंगर पि्रन्ट स्क्यान रहेको छ । जस्ले फोनलाई एक स्वाइपबाट अनलक गर्ने सुविधा प्रदान गर्ने छ । यसमा किड्स मोड नामको नयाँ फिचर समेत थप गरिएको छ ।
यसमा २.५ गीगाहर्ज प्रसेसर र २ जीबीको र्‍याम रहेको छ । एन्ड्रोइड ४.४.२ किटक्याट अपरेटिङ सिष्टम रहेको यस फोनमा १६ जीबी र ३२ जीबी आन्तरिक मेमोरी रहेको छ । नेपाली बजारमा १६ जीबी आन्तरिक मेमोरी भएको स्मार्टफोन ल्याउने तयारी भइरहेको छ ।


हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

Share this article :

0 comments :

Speak up your mind

Tell us what you're thinking... !

Connect to facebook

 
Copyright © 2014. Nepal Histry - All Rights Reserved Published by Nepal Histry Designed by Online Computer Institute