Headlines News :
Home » » शेरचनलाई सगरमाथा चढ्न रकम अभाव

शेरचनलाई सगरमाथा चढ्न रकम अभाव

Written By Unknown on Saturday, May 11, 2013 | 3:43 AM


हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

serchan२८ वैशाख, काठमाडौं । सबैभन्दा पाको उमेरमा सगरमाथा चढेर विश्व कीर्तिमान कायम राखेका मीनबहादुर शेरचन आफ्नो पुरानो रेकर्ड तोड्नका लागि अहिले सगरमाथा बेस क्यापमा पुग्नुभएको छ । तर, शेरचनलाई सगरमाथा चढ्न रकम अभाव भएको छ ।
आफ्नै रेकर्ड तोड्न दोहोर्‍याएर सगरमाथातर्फ लाग्नुभएका शेरचन क्याप-१ मा पुगेर पुनः आधार शिविरमै फर्केको आरोहणको व्यवस्थापन अल्पाइन एभरेष्ट गाइड्स नेपालका प्रबन्ध निर्देशक ईश्वरी पौडेलले अनलाइनखबरलाई बताउनुभयो । क्याप १ को यात्रा पूरा गरी बेस क्याम फर्केर वातावरण अनुकुल बनाउँदै गरेका शेरचनको स्वास्थ्य स्थिति राम्रो रहेको शेरचनका गाईड एवं सबैभन्दा छिटो सगरमाथ चढेर विश्व रेकर्ड कायम गर्ने पेम्बा शेर्पाले जानकारी दिनुभयो ।
शेरचनले ७६ बर्षको उमेरमा सगरमाथा चढेर सन २००८ मा विश्व कीर्तिमान कायम गर्नुभएको थियो । पाँच वर्षअघि जापानका युचोरा मिउरोले ७५ बर्षको उमेरमा सगरमाथा चढेर बनाएको रेकर्ड शेरचनले तोड्नु भएको थियो । तर, मिउरो पुनः शेरचनलाई जित्ने भन्दै ८० बर्षको उमेरमा सगरमाथातर्फ लागेपछि आफ्नो कीर्तिमान बचाउन भन्दै शेरचन पुनः ८२ बर्षको उमेरमा सगरमाथा चढ्न लाग्नुभएको हो ।
तर, शेरचनका लागि जम्मा खर्च ३५ लाख खर्च लाग्नेमा हालसम्म १५ लाखमात्रै जम्मा भएको र नेपाल सरकारले १० लाख रुपैयाँ उपलब्ध गराउने आश्वासन दिएको टिम लिडर पौडेलले अनलाइनखबरलाई बताउनुभयो ।
शेरचन र उहाँको टोलीले लेक नलागोस् भनेर वातावरण अनुकुल बनाउन समायोजन गरिरहेको निर्देशक पौडेलले बताउनुभयो । ‘स्वास्थ्य स्थित ठीक छ, उहाँको चेकजाँच पनि भइरहेको छ ।’ आरोहण दलका टिम लिडर एवं निर्देशक पौडेलले भन्नुभयो । अहिले सगरमाथा बेस क्यापमा शेरचनलगायत सगरमाथा आरोहण गर्नका लागि स्वदेशी एव विदेशी गरी ६ सयजना मौसमको प्रतिक्षमा बसिरहेको पौडेलले जानकारी दिनुभयो ।

हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

Share this article :

0 comments :

Speak up your mind

Tell us what you're thinking... !

Connect to facebook

 
Copyright © 2014. Nepal Histry - All Rights Reserved Published by Nepal Histry Designed by Online Computer Institute