Headlines News :
Home » » कञ्चनपुरमा क्रिकेटरद्वय सावद र भण्डारीको भव्य स्वागत

कञ्चनपुरमा क्रिकेटरद्वय सावद र भण्डारीको भव्य स्वागत

Written By Unknown on Tuesday, May 21, 2013 | 6:30 AM


हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस


७ जेठ, महेन्द्रनगर । बर्मुडामा भएको आईसीसी विश्व क्रिकेट लिग डिभिजन-३ को विजेता नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्यद्वय चन्द्र सावद र विनोद भण्डारीलाई गृह नगरमा भव्य स्वागत गरिएको छ । राजधानीबाट महेन्द्रनगर पुगेलगत्तै मंगलबार क्रिकेटर चन्द्र र भण्डारीलाई जिल्ला खेलकुद विकास समिति र कञ्चनपुर जिल्ला क्रिकेट संघले संयुक्त रुपमा स्वागत तथा सम्मान गरेका हुन् ।
 खेलकुद विकास समितिबाट बाजागाजा सहित चन्द्र र विनोदलाई महेन्द्रनगरमा अबिर जात्रा गरिएको थियो ।अबिर जात्राले नगर परिक्रमापछि गरेपछि खेलकुद विकास समितिमा स्वागत कार्यक्रम राखिएको थियो । चन्द्र र विनोदसँगै बर्मुडामा भएको प्रतियोगितामा नेपाली टोलीमा प्रतिनिधित्व गर्ने कञ्चनपुरकै अर्का खेलाडी प्रदिप ऐरी भने स्वागत कार्यक्रममा अनुपस्थित थिए । उनी काठमाण्डौंबाट गृहनगर पुगि नसकेकाले स्वागत कार्यक्रममा अनुपस्थित रहेको क्रिकेट संघका जिल्ला अध्यक्ष दिपक चालिसेले बताउनुभयो ।
 स्वागत कार्यक्रममा क्रिकेटरत्रय चन्द्र, विनोद र प्रदिपलाई खेलकुद विकास समितिले पाँच-पाँच हजार रुपैयाँ पुरस्कार प्रदान गरेको छ । त्यस्तै कार्यक्रमा महेन्द्रनगर नगर विकास समितिले जनही ६-६ हजार र एमाओवादीले जनही पाँच-पाँच हजार रुपैयाँ नगद पुरस्कार दिने घोषणा गरेको जिल्ला क्रिकेट संघका उपाध्यक्ष विरेन्द्र चन्दले जानकारी दिनुभयो
onlainkhabar


हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

Share this article :

0 comments :

Speak up your mind

Tell us what you're thinking... !

Connect to facebook

 
Copyright © 2014. Nepal Histry - All Rights Reserved Published by Nepal Histry Designed by Online Computer Institute