हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस
|
(म्याग्दी), २८ वैशाख । विश्वको उत्कृष्ट पर्यटकीय गन्तव्यमा सूचीकृृत भएपछि उपल्लो मुस्ताङ क्षेत्रको भ्रमण गर्न जाने विदेशी पर्यटक बढेका छन् । विश्वप्रख्यात ट्राभल गाइड लोन्ली प्लानेटले सन् २०१३ का लागि उपल्लो मुस्ताङलाई विश्वकै १० उत्कृष्ट गन्तव्यमध्ये तेस्रो स्थानमा सूचीकृत गरेको थियो ।
चीनसँग सीमा जोडिएको उपल्लो मुस्ताङलाई लोन्ली प्लानेटले ‘अर्ध निषेधित अधिराज्य हेर्ने अन्तिम अवसर’ भन्दै सूचीकृत गरेपछि पर्यटक आगमन बढेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले जनाएको छ ।
विश्वमा सबैभन्दा बढी बिक्री हुने र विश्वसनीय ट्राभल गाइड बुक मानिएको लोन्ली प्लानेटले उपल्लो मुस्ताङलाई प्राथमिकता दिएर प्रचारप्रसार गरेकाले विदेशी पर्यटकको आकर्षण बढेको एक्याप जोमसोमका प्रमुख सन्तोष शेरचनले बताउनुभयो ।
उहाँका अनुसार पहिलोपटक यसपटकको याममा सबैभन्दा बढी दैनिक ६० जनासम्म विदेशी पर्यटक उपल्लो मुस्ताङ भ्रमणमा जाने गरेका छन् । महँगो क्षेत्र भएकाले विगतका वर्षमा पर्यटकीय याममा पनि मुस्किलले दैनिक १०÷१५ जनाले मात्रै भ्रमण गर्थे ।
अर्ध निषेधित यो क्षेत्र घुम्ने प्रवेश अनुमति शुल्कबापत प्रतिपर्यटक पाँच सय डलर राजस्व तिर्नुपर्ने नियम छ । अहिले माथिल्लो मुस्ताङ घुम्ने पर्यटकबाट दैनिक २५ लाख रुपैयाँसम्म सरकारले रोयल्टी सङ्कलन गरेको एक्याप प्रमुख शेरचनले बताउनुभयो । यो ठाउँ सन् १९९२ देखिमात्र विदेशी पर्यटकका लागि खुला गरिएको हो ।
प्राचीनकालमा निर्माण गरिएका गुम्बा, काँचो माटोबाट निर्मित घर, दरबार र घरका रुपमा प्रयोग भएका गुफा उपल्लो मुस्ताङको आकर्षण हो । कला र हिमाली संस्कृतिको अध्ययन तथा अनुसन्धानका लागि पनि यो क्षेत्र उपयुक्त मानिन्छ ।
हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस
|

0 comments :
Speak up your mind
Tell us what you're thinking... !