Headlines News :
Home » » तेस्रोपटक अन्तर्राष्ट्रिय गोजुरियो कराते हुने

तेस्रोपटक अन्तर्राष्ट्रिय गोजुरियो कराते हुने

Written By Unknown on Thursday, May 23, 2013 | 12:25 AM


हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस


काठमाडौं : नेपाल गोजुरियो कराते डो संघ, शाखा डोजो, आकाशद्वीपले अन्तर्राष्ट्रियस्तरको गारेजुरियो कराते प्रतियोगिता गर्ने भएको छ । प्रतियोगिता शनिबार र आइतबार सञ्चालन हुने बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो । विश्व कराते महासंघको नियममा खेलाइने यो प्रतियोगिता नेपालमा तेस्रोपटक हुन लागेको आयोजक संस्थाले जनाएको छ ।
पुरुषमा २५ र महिलामा २० गरी जम्मा ४५ स्वर्ण पदकका लागि हुने प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश, भुटान, श्रीलंका, पाकिस्तान र अफगानिस्तानका खेलाडीहरूको सहभागिता रहनेछ । ९ लाख ९८ हजारको बजेट रहेको प्रतियोगिता जोरपाटीस्थित दक्षिणढोकामा हुने आयोजकले जनाएका छन् ।
प्रतियोगिताको सम्पूर्ण तयारी सम्पन्न भइसकेको पत्रकार सम्मेलनमा प्रतियोगिता संयोजक सानुबाबु गिरीले जानकारी गराए । उक्त अवसरमा संघका केन्द्रीय अध्यक्ष सिपी घर्तीमगरलगायतको उपस्थिति थियो । (सौस)

हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

Share this article :

0 comments :

Speak up your mind

Tell us what you're thinking... !

Connect to facebook

 
Copyright © 2014. Nepal Histry - All Rights Reserved Published by Nepal Histry Designed by Online Computer Institute