Headlines News :
Home » » आपत्तिजनक अवस्थामा चार जोडी पक्राउ

आपत्तिजनक अवस्थामा चार जोडी पक्राउ

Written By Unknown on Saturday, March 15, 2014 | 12:17 AM


हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

परासी : बर्दघाटस्थित एक होटलबाट प्रहरीले आपत्तिजनक अवस्थामा चार जना जोडीलाई पक्राउ गरेको छ । सृजना होटलबाट आइतबार राति पक्राउ परेका जोडीमा २७ देखि ३२ वर्षसम्मका छन् । पक्राउ परेका जोडीहरु नवलरासी तिलकपुर र त्रिवेणी क्षेत्रका रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई चेतावनी स्वरुप एकपटकलाई जिल्ला प्रशासन कार्यालय मार्फत एक हजार जरिवाना तिराएर छाडिएको प्रहरी उपरीक्षक (एसपी) कृष्णप्रसाद गौतमले बताए । पछिल्लोपटक बर्दघाटका विभिन्न होटलहरुमा यौनजन्य क्रियाकलाप बढ्दै गएको गुनासो आएपछि प्रहरीले निगरानी बढाएको छ । बर्दघाटसँगै सुनवलमा पनि यौनजन्य क्रियाकलाप बढ्दै गएको बताइएको छ । उता नेपालबाट भारततर्फ लैजादै गरेको अवस्थामा करिब नौ लाख बराबरको स्याउ प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट गएको गस्ति टोलिले आइतबार राति भुजहवा नाकाबाट ट्रकमा लोड गरि लैजाँदै गर्दा ८ हजार केजी. स्याउ बरामद गरिएको प्रहरी उपरिक्षक(एसपी) गौतमले बताए । ८ सय ५० कार्टुनमा प्याक गरेर लैजाँदै गरेको अवस्थमा पक्राउ परेका ट्रक सहित दुई जनालाई आवश्यक कारबाहीका लागि राजश्व कार्यालय पठाइएकोछ । पछिल्लोपटक सिमावर्ती नाकाबाट नेपाली स्याउ चोरीको बाटो हुदै भारत तर्फ निकासी भइरहेको छ ।

हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

Share this article :

0 comments :

Speak up your mind

Tell us what you're thinking... !

Connect to facebook

 
Copyright © 2014. Nepal Histry - All Rights Reserved Published by Nepal Histry Designed by Online Computer Institute