(एजेन्सी) अमेरिकाको फ्लोरिडास्थित केनेडी स्पेस सेन्टरमा हेनेसी वेनोम जीटी स्पोर्टस् कार ड्राइविंग टेस्टमा पास भएको छ । योसँगै उक्त कार विश्वकै सबैभन्दा तीव्र गतिमा कुद्ने कार बनेको छ । यस कारलाई स्पेस सटलको ५.१८ किलोमिटर लामो रनवेमा कुदाइएको थियो जहाँ यसले ४३५.३ किमी प्रतिघण्टेको रफ्तार हासिल गरेको थियो । कारको रफ्तारको पुष्टि रेसलजिक बिबक्स टेलीमेट्री सिस्टमबाट पनि गरिएको थियो । जनवरी २०१३ मा यस कारले मात्र १४.५१ सेकेण्डमा ३२२ किमी प्रति घण्टाको रफ्तारमा कुदेर नयाँ रेकर्ड बनाएको थियो । बेनोम जिटी कारमा ४२७ सिआईको दुईवटा इन्जिन लगाइएको छ जसको १,२४४ बीएचपी रहेको छ । यसलाई चालक ब्रायन स्मिथले गरेका थिए । यसको मूल्य ८ लाख पाउण्ड (करिब ९ करोड रुपैयाँ) पर्नेछ । यसको निर्माता अमेरिकी कार कम्पनी हेनेसी हो । यस कार सन् २०११ मै निर्माण गरिएको थियो तर यसलाई बिक्री भने गरिएको थिएन । अहिल भने यसलाई २० ग्राहकहरुलाई विक्री गरिने छ ।
0 comments :
Speak up your mind
Tell us what you're thinking... !