
२८ फागुन, काठमाडौं । संविधानसभामा कतिपय गैरराजनीतिक कार्यकर्ताको प्रवेशका कारण अनेकन रमिता चल्ने गरेका छन् । अघिल्लो संविधानसभामा राप्रपा नेपालद्धारा समानुपातिकमा पठाइएकी अविवाहित सभासद् कुन्ती शाही यसचोटी फेरि सभासद् बनाइनुका पछाडि अनेकन टिकाटिप्पणी चले । तर, कुन्तीले त्यस्ता टिप्पणीलाई ‘फजुल’ सावित गर्ने भएकी छन् । उनले आफ्ना लागि धन र ज्यान दुवैले युक्त एकजना पुरुष जुटाएकी छन् । भोली २९ गते बिहीबार तिनैसँग औंठी साट्दै छिन् । नागरिकताअनुसार (जन्म मिति ०३३ साल कात्तिक १२) ३७ वर्ष पुगिन् र यो उमेरमा आफूभन्दा केही वर्ष कान्छा पुरुष रोजेकी हुन् । कुन्तीसँग भोलि टिकाटालो गर्ने व्यक्ति सुदुरपश्चिम महेन्द्रनगर निवासी दीपकुमार सिंह हुन् । जो राष्ट्रिय प्रकृति संरक्षण कोषमा प्रशासनतर्फ छन् । मध्यपश्चिमी जिल्ला दैलेखको बडाभैरव गाविस-२, खोरगाउँकी कुन्ती र सुदूरपश्चिमी पहाडी जिल्लामा जन्मिएर महेन्द्रनगर बसाइँ सरेका दीपकबीच सम्बन्ध गाँसिदिने व्यक्ति उनकै परिवारका सदस्य हुन् । सानो पार्टीभित्र उनीभन्दा पुराना थुप्रै महिला छँदाछँदै पटक-पटक सभासद्को मौका पाउने उनी आफूले चाहेजस्तो पति पाएकोमा सभासद् भएभन्दा बढी खुसी भएको बताउँछिन् । भोलि टीकाटालो भए पनि औपचारिक विवाह भने वैशाखमा मात्र हुने बुधबार प्रकाशित जनआस्था साप्ताहिकमा खबर छ । बीचमा चैत पर्नाले मात्र हो, नत्र दुईचार दिनमै सिन्दुरपोते गर्ने परिवारको योजना थियो ।
0 comments :
Speak up your mind
Tell us what you're thinking... !