Headlines News :
Home » » निशुल्क मोबाइलमा एन्टीभाइरस

निशुल्क मोबाइलमा एन्टीभाइरस

Written By Unknown on Monday, March 31, 2014 | 4:45 AM


हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

मोबाइल फोन, यो अनि आवश्यकताको साधन बनिसकेको छ। आफन्त तथा साथीभाईसँग मात्र होइन व्यवसायका लागि पनि सम्पर्कको माध्यम नै बनिसकेको छ यो। यो सानो उपकरणले नै विश्व एउटा गाउँ भएको अनुभूति गराउँछ। यो सानो आयाताकार बट्टाका रुपको बेतारे फोन। जो गोजीमा बस्छ अनि सूचना, मनोरञ्जन र उत्पादक सोचको विकास गर्छ। त्यसो त यो साधन स्टाटस सिम्बोल पनि बनिसकेको छ। कुन ब्राण्ड अनि कति मुल्यको भन्ने कुराले पनि धेरै महत्व राख्न थालेको छ। सामसु या एप्पल अनि आइफोन फाइभ की ग्यालेक्सी एस थ्री भन्नेले महत्व राख्ने र सम्पन्नता देखाउने समाज बनिसकेको छ। हरेक उमेर समुहमा। उत्पादक सोच देखी अध्ययन र कारोबारको माध्यम सम्म बनेको मोबाइल स्मार्ट प्रविधिका साथ चतुरो बनिसकेको छ। बैंकको चेकको काम समेत गर्ने मोबाइलमा लामो यात्रामा निस्कँदा ठूला ठूला पुस्तक राखेर अध्ययन पनि गर्न सकिन्छ। वास्तवमा मेमोरी कार्डको एउटा छेउमा पुस्तकालय बनाउँछु भने पनि सकिने बनेको छ मोबाइल। यो एउटा क्यामेरा पनि हो अनि इन्टरनेट चलाउनका लागि कम्प्युटर अनि सिनेमा र गीत हेर्नका लागि टीभी पनि यही हो। यति धेरै सुविधाका साथ आएको यो उपकरण चलाउने मात्र स्मार्ट भएका छैनन्। यी उपकरणमाथि आक्रमण गरेर मोबाइलका डाटा चोर्नेहरु पनि निक्कै चलाख भएका छन्। जसले दिनरात तपाइँको फोनमा भाइरस र स्माप पठाउने अनि हैरानी दिने ध्यानमा मात्र हुन्छन्। जसका कारण मोबाइल फोनमा समस्या आउने र कामै नलाग्ने अवस्था समेत बन्दछ। त्यसैले मोबाइल फोन बोक्नेहरुले यसमा रहेका सुविधाबाट मख्ख मात्र होइन चलाउँदा सावधानी पनि अपनाउनुपर्छ। अध्ययनहरुले विभिन्न एप डाउनलोड गर्दा वा असुरक्षित नेटवर्कसँग जोडिँदा स्मार्टफोनमा भाइरस र स्पामको खतरा हुने बताइरहेका छन्। यसखालको भाइरस र स्पाम आक्रमणबाट जोगिनका लागि तपाइँले आफ्नो मोबाइलमा एन्टीभाइरस सफ्टवेयर राख्नु आवश्यक हुन्छ। त्यसका लागि बजारमा निक्कै धेरै एन्टीभाइरस सफ्टवेयर उपलब्ध छन्। वास्तवमा यो कम्प्युटरमा एन्टीभाइरस राख्नु जस्तै हो। कम्प्युटरमा जस्तै मोबाइलका लागि पनि विभिन्न सफ्टवेयर निर्माताले निशुल्क एन्टीभाइरसहरु उपलब्ध गराइरहेका हुन्छन्। ती मध्ये चुनिएका र धेरै एण्ड्रोइड प्रयोगकर्ताले सुरक्षाका लागि राख्ने गरेका यी हुन्

हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

Share this article :

0 comments :

Speak up your mind

Tell us what you're thinking... !

Connect to facebook

 
Copyright © 2014. Nepal Histry - All Rights Reserved Published by Nepal Histry Designed by Online Computer Institute