Headlines News :
Home » » निगमको विमानमा उड्दाउड्दै आगो लागेपछि आपतकालीन अवतरण

निगमको विमानमा उड्दाउड्दै आगो लागेपछि आपतकालीन अवतरण

Written By Unknown on Friday, March 7, 2014 | 2:47 AM


हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

काठमाडौँ : नेपाल वायुसेवा निगमको नाइन एन- एबीयु ट्विनअटर विमान आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको केही समयमै आगो लागेपछि आपतकालीन अवतरण गरेको छ। खोटाङको लामिडाँडाका लागि १२ बजेर ४९ मिनेटजाँदा उडेको सो विमानमा १५ जना सवार थिए। उडेलगत्तै दायाँ इन्जिनमा आगो लागेपछि विमान एक बजे विमानस्थलमा आपतकालीन अवतरण गरेको थियो। विमानमा रहेका चालक दलका सदस्य र यात्रु सबै सुरक्षित छन्। त्रिभुवन विमानस्थलका महाप्रबन्धक ऋषिकेश शर्माले निगमको विमान उडेको चार मिनेटमै प्राविधिक खराबीका कारण आपतकालीन अवतरण गरेको पुष्टि गरे। क्याप्टेन सञ्जय वैद्यले उडाएको विमानमा प्रशान्त राई सहचालक थिए। १९ दिनअघि अर्घाखाँचीको मसिनेलेकमा अर्को ट्विनअटर विमान दुर्घटना भएपछि निगमसित अब यही एउटा ट्विनअटर मात्रै बाँकी थियो। यसैको भरमा उसले आन्तरिक उडानहरु गर्दै आएको छ। फागुन ४ गते भएको सो दुर्घटनामा १८ जनाको मृत्यु भएको थियो। आज आपतकालीन अवतरण गरिएको नाइन एन - एबीयु जहाज निर्माण कम्पनी डि ह्याभील्यान्ड क्यानडाले २०४१ साल असोज २६ गते काठमाडौँ ल्याइपुर्‍याएको थियो। विमान ३० वर्षअघि बनेको हो।

हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

Share this article :

0 comments :

Speak up your mind

Tell us what you're thinking... !

Connect to facebook

 
Copyright © 2014. Nepal Histry - All Rights Reserved Published by Nepal Histry Designed by Online Computer Institute