
आगामी चार बर्षमा स्मार्टफोनको बिक्रि र मूल्य दुवैमा गिरावट आउने भविष्यवाणी गरिएको छ । इन्टरनेशनल डाटा कर्पोरेसनले गरेको बुधबार प्रकाशन अनुसार सन् २०१४ देखि नै स्मार्टफोनको बिक्रि दर घट्दै जाने छ । सन् २०१३ मा अघिल्लो बर्षको तुलनामा ३९ दशमलव २ प्रतिशतले बृद्धि हुँदै स्मार्टफोनको बिक्रि एक अर्ब नाघेको थियो । यो बर्षदेखि बृद्धिदर ओरालो लाग्ने र सन् २०१८ मा पुग्दा जम्मा ६ दशमलव २ प्रतिशतको बृद्धि हुने कर्पोरेशनले अनुमान गरेको छ । खासगरि युरोप र उत्तरी अमेरिकामा स्मार्टफोन बिक्रि घट्दै जाने बताइएको छ । चीन र भारतजस्ता मुलुक तथा युरोपेली महादेशमा स्मार्टफोनको बिक्रि भने बढ्दै जाने छ । यी मुलुकमा अझै पनि धेरै मानिस सामान्य फिचर फोन प्रयोग गरिरहेका छन् । मूल्य सस्तो हुँदै जाँदा उनीहरुले स्मार्टफोन बोक्ने अनुमान गरिएको छ । र, आगामी दिनमा महंगा स्मार्टफोन नभई १५० अमेरिकी डलरभन्दा कम मूल्यका स्मार्टफोनको बिक्रि ह्वात्तै बढ्ने अनुमान गरिएको छ । अपरेटिङ सिस्टममा अझै एन्ड्रोइडको बोलबाला चल्ने र दोस्रो स्थानमा एप्पल रहने अनुमान गरिएको छ । तर, आगामी दिनमा विण्डाज फोनको बृद्धि भने तिब्र गतिमा हुने आईडीसीले प्रक्षेपण गरेको छ । सन् २०१३ मा औसत स्मार्टफोनको मूल्य ३३५ अमेरिकी डलर रहेकोमा सन् २०१८ सम्म पुग्दा २६० मा झर्ने अनुमान गरिएको छ । सन् २०१८ सम्मा एन्ड्रोइड फोनको मूल्य ६ प्रतिशतले र विण्डोज फोनको मूल्य झण्डै ८ प्रतिशतले घट्ने प्रक्षेपण गरिएको छ । एप्पलका फोनको मूल्य भने नघट्ने अनुमान गरिएको छ । हाल एन्ड्रोइड स्मार्टफोन औसत २४७ डलरमा, एप्पल फोन ६४९ डलरमा र विण्डोज फोन २६५ डलरमा बिक्रि भइरहेको देखिन्छ ।
0 comments :
Speak up your mind
Tell us what you're thinking... !