Headlines News :
Home » » हराइ राखेको विमानको खोजी जारी

हराइ राखेको विमानको खोजी जारी

Written By Unknown on Sunday, March 9, 2014 | 7:24 AM


हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

हराइ राखेको मलेशियाली विमान सेवाको एउटा विमानले फिर्ता आउने प्रयास गरेको हुन सक्छ भनि राडार संकेतहरुबाट जानकारी प्राप्त भएको कुरा मलेशियाका अधिकारीहरुले बताएका छन्। सो विमानको खोजी गरी रहेका उद्धार टोलीहरुले खोजी गरी रहेको क्षेत्रलाई अझ फराकिलो तुल्याएका छन्। नक्कली राहदानी प्रयोग गरेर विमान चढेको बिश्वास लिइएका दुई जना यात्रीको सीसीटिभी फुटेज पनि अनुसन्धानकर्ताहरुले जाँच गरी राखेका छन्। क्वालालम्पुरबाट बेइजिङतर्फ २३९ जना लिएर गएको उडान नंबर एमएच ३७० भियत्नामको दक्षिणमा बेपत्ता भएको थियो। विगत २४ घण्टा भन्दा बढी समयदेखि हवाई तथा समुद्री उद्धार टोलीहरुले भियत्नामको दक्षिणस्थित साउथ चाइना सि मा खोजी कार्यलाई तीब्र तुल्याइ रहेका छन्। मलेशियाका नागरिक उड्डयन प्रमुख अजरुद्दीन अब्दुल रहमानले क्वालालम्पुरमा एक पत्रकार सम्मेलनमा भनेका छन्, "मलेशियाको पश्चिमी तटलाई पनि समावेश गर्ने गरी खोजी क्षेत्रलाई बिस्तार गरिएको छ।" उनको भनाईमा बुकिङ गरेका पाँच जना यात्रु विमानमा नचढेकाले उनीहरुको सामान निकालिएका थियो। कम आशा विमान सेवाका एक निर्देशक ह्यु डन्लेभीले भनेका छन्, अवस्था नाजुक छ भनि परिवारका सदस्यहरुलाई बताइएको छ। उनले भने," ३० घण्टा भन्दा बढीको खोजी पछि विमानसित कुनै सम्पर्क हुन नसक्दा हामीले परिवारका सदस्यहरुलाई दुखद अवस्थाको लागि तयार रहनु पर्ला भनि भनेका छौं।" मलेशियाली सशस्त्र बलका प्रमुख जनरल जुल्केफी जिनले खोजी कार्यमा २२ वटा विमान र ४० वटा जहाज संलग्न रहेको जानकारी दिएका छन्। हवाई सेनाका प्रमुख रोड्जाली दाउदले छानविनकर्ताहरुले अब राडार संकेतको रेकर्डङिमाथि ध्यान केन्द्रीत गरी रहेको र त्यसबाट विमान आफ्नो उडान मार्गबाट फिर्ता आएको हुन सक्छ भन्ने संकेत मिलेको कुरा बताएका छन्। मलेशियाका यातायात मन्त्री हिशामुद्दीन हुसेनले शुरुमा यात्रीहरु मध्ये चार जना बारे शंका रहेको बताएका थिए। "३० घण्टा भन्दा बढीको खोजी पछि विमानसित कुनै सम्पर्क हुन नसक्दा हामीले परिवारका सदस्यहरुलाई दुखद अवस्थाको लागि तयार रहनु पर्ला भनि भनेका छौं" ह्यु डन्लेभील,निर्देशक,मलेशियाली विमान सेवा तर पछि बीबीसीसित कुरा गर्दै उनले केवल दुई जनाको नाममा शंका रहेको बताएका थिए। एउटा इटलीको र अर्को अष्ट्रीयाको नक्कली राहदानी प्रयोग गरी दूई जनाले एकै समयमा उडानको टिकट किनेको र बेइजिङबाट दुवै जनाको शनिवारको लागि युरोप तर्फको एउटै उडानमा बुकिङ रहेको बीबीसीले पुष्टी गरेको छ। दुवैले मलेशियाली विमान सेवाको सो उडानसित आबद्ध चाइना सदर्न विमानसेवासित टिकट किनेका थिए। राहदानीमा नाम रहेका बास्तविक मानिसहरुको राहदानी केही बर्ष अघि थाइलाण्डमा चोरी भएको थियो। मलेशियाका यातायात मन्त्रीले एफबिआई लगायत अन्तर्राष्ट्रीय एजेन्सीहरु छानविनमा सामेल भएको र सबै संभावनामाथि बिचार भैरहेको कुरा बताएका छन्।

हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

Share this article :

0 comments :

Speak up your mind

Tell us what you're thinking... !

Connect to facebook

 
Copyright © 2014. Nepal Histry - All Rights Reserved Published by Nepal Histry Designed by Online Computer Institute