भारतको बडोदरा जिल्लाको बाघोडिया गाउँमा एक अलौकिक घटना घटेको छ । बिहिबार राती करिब स्थानिय समयानुसार ८ बजे एक २६ वर्षीय युवतीको मृत्यु भएको थियो । युवतीको मृत्यु भएपछी शुक्रबार २ बजे उनको शव अन्तिम संस्कारका लागि घरबाट निकालिएको थियो । अन्तिम संस्कारका लागि लगिएकी ती युवतीलाई सव बाहनबाट निकाल्न लाग्दा ती युवती उठेर बसेपछी सबै चकित भएका थिए । यसरी मृत्यु भएको करिब १९ घण्टापछी ती युवती उठेपछी मलामी हिडेका सबै छक्क परे भने केही त डराए पनि । क्षयरोगबाट पिडित २६ वर्षीय गीतावेन रमणभाई बसावाको स्वास्थ्य केही समयदेखि निकै गम्भिर बनेको थियो । उनको वडोदराको क्षयरोग उपचार गर्ने एक अस्पतालमा उपचार भइरहेको थियो । यसैक्रममा उनको स्वास्थ्य बिहिबार निकै खराब भएको थियो । उनलाई अस्पताल पुर्याउन नपाउँदै उनको मृत्यु भएको थियो ।
0 comments :
Speak up your mind
Tell us what you're thinking... !