Headlines News :
Home » » ‘गरिबीले पेटमै बच्चा गुमाएँ

‘गरिबीले पेटमै बच्चा गुमाएँ

Written By Unknown on Wednesday, February 26, 2014 | 6:51 AM


हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

तीन महिना अघिदेखि पेट दुख्ने समस्या थियो। निको भइहाल्ला भनेर सुरुमा त्यति वास्ता गरिनँ। परिवारले पनि चासो दिएन। साउन १६ गते घरमा त्यत्तिकै बसिरहेकी थिएँ। एक्कासि बान्ता भयो। त्यसपछि म आत्तिएँ। मेरो पेटमा पाँच महिनाको गर्भ थियो। मैले श्रीमान् धर्मराज बुढालाई अस्पताल जाउँ भनेँ। सुरुमा उहाँ मान्नुभएन। मेरो गाउँ सदरमुकामबाट पाँच घन्टा टाढा पर्छ। त्यति टाढाको बाटो, म एक्लै आउन सम्भव थिएन। सहेरै बसिरहेँ। पेट दुखे पनि घरको काम नगरी धर थिएन। दुई छोरा र एक छोरीलाई हुर्काउन र पढाउन काम गर्नैपर्थ्यो। श्रीमान् पनि खेतीपातीको काम र मजदुरीमा व्यस्त। उहाँको फुर्सत मिलाएर उपचारको निम्ति गमगढी आउने अवस्थै थिएन। जति निच मारेर बसेँ, बेथा उति चर्किंदै गयो। अति नै भएपछि श्रीमान् र एकजना महिला आफन्तले मलाई अस्पताल ल्याए। घरमा एकसुको पैसा थिएन। सदरमुकाममै आफन्तसँग सापटी लिएर उपचार गरौंला भन्ने सोच्यौं। उनीहरूले मलाई घरेलु स्ट्रेचरमा बोकेर जिल्ला अस्पताल ल्याए। बाटामा पेट दुखेर फत्रक्क फत्रक्क भएँ। कतिचोटि त मरुँलाजस्तो भयो। शुक्रबार बिहान आठ बजे रोवाबाट हिँडाएका थिए। दिउँसो तीन बजे गमगढी जिल्ला अस्पताल पुर्याकए। अस्पताल पुगेपछि अब त बाँचिने भइयो भन्ने लाग्यो। त्यहाँ सिनियर अहेबहरूलाई मैले आफ्नो समस्या बताएँ। डाक्टर थिएनन्। अहेबले सलाइन लगाए। केही औषधि दिए। त्यो रात जिल्ला अस्पतालमै बस्यौं। शनिबार बिहान मलाई झन् असजिलो हुँदै गयो। पेट दुख्यो। जीउ सुन्निँदै आयो। मलाई बाँच्दिनँ जस्तो लाग्यो। म धेरै अत्तालिएँ। सँगै आएका श्रीमान् र आफन्त पनि चिन्तित भए। स्वास्थ्यकर्मीहरूले ‘तपाईंको केस जटिल छ, डाक्टर नभएकाले भिडियो एक्सरे गर्न मिल्दैन’ भने। रारा अस्पतालमा गएर ‘बच्चाको अवस्था कस्तो छ जान्न भिडियो एक्सरे गर्नू’ भनेर सुझाए। गाउँबाट ठूलो अस्पतालमा उपचारका लागि आएको, उपचार नै नपाएर मरिने भो भन्ने लाग्यो। म झन् निराश भएँ। शनिबार दिउँसो मलाई बोकेर रारा अस्पताल ल्याए। भिडियो एक्सरे गरेपछि डा. किशोर परियारले पेटको बच्चा मरेको बताउनुभयो। उहाँले शरीरको रगतमा खराबी (हेमोग्लोबिनको कमी) भएको जानकारी दिनुभयो। सुत्केरी बेथा लगाएर गर्भमा मरेको बच्चा निकाल्नुपर्ने भए पनि यस्तो अवस्थामा रगत नदिई उपचार थाल्दा खतरा आउनसक्छ भन्नुभयो। मैले त्यो बेला तीन छोराछोरीलाई झल्झली सम्झेँ। श्रीमान् उपचारका लागि पैसा खोज्न बजारतिर जानुभयो। साँझ पर्न लागेको थियो। मेरो अवस्थाबारे वरपर होहल्ला भएछ। पत्रकार फोटो खिच्न आए। मेरो अवस्था झन्झन् जटिल हुँदै थियो। घरबाट हिँडेदेखि मुखमा अन्न परेको थिएन। डा. परियारले राति आएर सान्त्वना दिनुभयो। त्यो रात कुनै औषधि चलाइएन। छटपटीमै रात बित्यो। दुखाइले बेलाबेला बेहोस हुन्थेँ। मेरो अवस्था जटिल भएकाले डाक्टरले पनि उपचार गरिहाल्न डर मान्नुभयो। उहाँले श्रीमान्लाई आइतबार जुम्ला वा नेपालगन्ज लैजानुपर्छ भन्नुभयो। त्यहाँ आएका मानिसले मलाई दिनुपर्ने रगत संकलनको कुरा गर्न थाले। कतिपयले हेलिकोप्टरबाट लैजानुपर्छ भन्दै थिए। मलाई चाहिँ जसरी भए पनि चाँडै उपचार सुरु गर्दिए हुन्थ्यो भन्ने लाग्थ्यो। त्यो बेला यस्तो दुखाइ थियो कि अहिले म भन्नै सक्दिनँ। दिउँसोतिर रगत दिने मान्छे आए भन्ने सुनेँ। डाक्टरले यहीँ मरेको बच्चा निकाल्ने रे भन्ने पनि सुनेँ। मलाई जे–जे होला, मरे पनि यहीँ मरूँला, बाँचे भने ठिकै होला भन्ने लागेको थियो। दिउँसो ३ बजेतिर सेनाका जवानले दिएको रगत चढाएपछि उपचार सुरु भयो। त्यसक्रममा के–के भयो सबै भन्न सक्दिनँ। औषधि पनि दिएको रहेछ। केही बेरपछि पीडा अलि कम भएको महसुस भयो र रगत जान थाल्यो। औषधि दिएर डाक्टरले उपचार गरेपछि राति ८ बजे मेरो गर्भको मृत बच्चा बाहिर आयो। त्यसपछि डाक्टरले अब केही हुँदैन भनेपछि बल्ल ढुक्क भयो। अब बाँचिने भयो भन्ने लाग्यो। पीडा अलि कम भएकाले त्यो राति अलिअलि निदाएँ। सोमबार जीउ अलि हल्का भयो। निजी अस्पतालमा उपचार त गराइयो, तर, श्रीमान्ले कसरी पैसा तिर्लान् भन्ने चिन्ता लाग्यो। किनभने घरमा एकसुको थिएन। त्यहीबेला अखबारमा छापिएको मेरो समाचार पढेपछि विदेशमा बस्ने विद्यार्थीले केही आर्थिक सहयोग गर्न खोजेको थाहा पाएँ। खुसी लाग्यो। आँखाबाट आँसु झरे। मजस्तो गरिबलाई अस्पतालमा हेर्न कोही आएका थिएनन्। तर, विदेशमा बसेका नेपाली भाइबहिनीले सहयोग गरे। आपतमा कोही न कोहीले सम्भि्कए भन्ने लाग्यो। यसअघि नै मलाई बचाउन श्रीमान्ले ३६ प्रतिशत ब्याजमा एक लाख खोज्नुभएको रहेछ। त्यो कसरी निखन्ने हो भन्ने चिन्ताले छाती भारी छ। अहिले औषधि खाइरहेकी छु। रारा अस्पतालकै शैयामा छु। स्वास्थ्य सुधार भइरहेको छ। मुखमा अलिअलि जाउलो परेको छ। मेरा आमा, बा र सरकार भनेका सहयोगी हुन्। सरकार त धनीका लागि रहेछ। गरिबका लागि रहेनछ। धनी भएको भए बेथा लागेकै दिन राम्रो उपचार पाउँथेँ। मेरो बच्चा पनि मर्थेन। रगत दिने आर्मी भाइ र विदेशबाट पैसा पठाउने विद्यार्थी भाइबहिनी मेरा लागि बा, आमा, देउता, सरकार सबै हुन्। उहाँहरू सबैका कारण म बाँचेँ। (मुगुका नागरिक संवाददाता सुमन मल्लले लछुमा बुढासँग गरेको कुराकानीमा आधारित)

हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

Share this article :

0 comments :

Speak up your mind

Tell us what you're thinking... !

Connect to facebook

 
Copyright © 2014. Nepal Histry - All Rights Reserved Published by Nepal Histry Designed by Online Computer Institute