Headlines News :

दुर्घटनामा ३२ घाइते

Written By Unknown on Thursday, May 16, 2013 | 8:46 PM


हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

मन्थली, जेष्ठ ३ - रामेछापको खिम्तीबाट मन्थलीतर्फ यात्रु बोकेर आउँदै गरेको ट्याक्टर बिहीबार बिहान खिम्तीबजार नजिक दुर्घटना हुँदा ३२ जना घाइते भएका छन् । प्रहरीका अनुसार घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर छ । तीव्र गतिमा रहेको ट्याक्टर सडकमै पल्टेको र उक्त ट्याक्टर दुर्घटनामा परी बाँके, सम्सेरगन्जका सरोज चौधरी, सोही जिल्लाको नमस्ता गाविसका सुरेश चौधरी र शेरबहादुर चौधरी गम्भीर घाइते भएका हुन् । उनीहरू तीनै जनालाई रामेछापको फुलासीस्थित कृतिका ड्रग हाउसमा प्राथमिक उपचार गरी थप उपचारका लागि एम्बुलेन्सबाट काठमाडौ पठाइएको छ ।
प्रहरीका अनुसार अन्य घाइतेको अवस्था सामान्य रहेको छ । सबै घाइतेलाई घटनास्थलबाट उद्धार गरी स्थानीय स्वास्थ्य संस्थामा उपचारका लागि भर्ना गरिएको छ ।
निर्माणाधीन खिम्ती ढल्केवर २२० केभी प्रसारण लाइनका कामदार उक्त ट्याक्टरमा मन्थलीतर्फ जाने क्रममा थिए । तीव्र गतिका कारण ट्याक्टरको ट्रली नियन्त्रण गुमाएर घोप्टिएको स्थानीयले बताएका छन् ।

हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

Share this article :

0 comments :

Speak up your mind

Tell us what you're thinking... !

Connect to facebook

 
Copyright © 2014. Nepal Histry - All Rights Reserved Published by Nepal Histry Designed by Online Computer Institute