हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस
|

७ जेठ, काठमाडौं । विभिन्न मुलुकमा उद्योग व्यापार सञ्चालन तथा विस्तार गरी विश्वका डलर अर्बपतिको सूचीमा परेका नेपालको प्रमुख औद्योगिक घराना चौधरी समूहका प्रेसिडेन्ट बिनोद चौधरीले श्रीलंकामा करिब साढे ६ अर्बको लगानी थप्ने भएका छन् । त्यहाँको समाचार पोर्टल डेली मिररले जनाएअनुसार, उनले त्यहाँ नयाँ सिमेन्ट उद्योगमा लगानी गर्दैछन् ।
उनले ७ करोड ५० लाख डलरको सिमेन्ट उद्योग खोल्न श्रीलंकाली सरकारसँग अनुमति माग गरेको समाचारमा जनाइएको छ । प्रस्तावित लगानीसहित चौधरीको श्रीलंकामा कुल लगानी २ सय मिलियन डलर -करिब १७ अर्ब) रुपैयाँ पुगेको छ ।
चौधरीले श्रीलंकामा सन् २००० बाट लगानी थालेका हुन् । ताज लंका होटलमा उनले पहिलो लगानी गरेका थिए । चौधरीको कम्पनी सिनोभेसनले जेटविङ समूहसँग संयुक्त अनुक्रममा रियलस्टेटमा लगानी गरेको छ ।
श्रीलंकामा गरेको लगानीलाई गर्व र चुनौतीको रुपमा लिएको चौधरीले समाचार पोर्टललाई प्रतिक्रिया दिएका छन् । ‘श्रीलंका तीव्र आर्थिक वृद्धिको क्रममा रहेको मुलुक हो, यहाँ लगानी गर्ने चुनौती सामना गरेर सफलता हासिल गर्न सकिन्छ भन्ने मलाई आत्मविश्वास छ’, उनले भन्नुभएको छ ।
चौधरी समूहले बैंक, खाद्यान्न, सिमेन्ट, विद्यूतीय सामग्री, दूरसञ्चार, ऊर्जा, शिक्षा, आयुर्वेद, अस्पताललगायतका क्षेत्रमा ८५ वटा कम्पनीमार्फत लगानी गरेका छन् ।
ONLAINKHABAR
हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस
|

0 comments :
Speak up your mind
Tell us what you're thinking... !