Headlines News :
Home » » माओ जेदाङकी नातिनी चीनकै धनी व्यक्तिको सूचीमा सुचीकृत

माओ जेदाङकी नातिनी चीनकै धनी व्यक्तिको सूचीमा सुचीकृत

Written By Unknown on Friday, May 10, 2013 | 7:33 PM


हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

काठमाडौं, २८ बैशाख। चीनीयाँ कम्युनिष्ट पार्टीका संस्थापक माओ जेदाङकी नातिनी चीनकै धनी व्यक्तिको सूचीमा सुचीकृत भएकी छन्। माओको ४० वर्षकी नातिनी कोङ डोङमेइ र उनका पति चेन दोङसेङ ५ अर्व यूयान अर्थात ८१५ मिलियन डलर सहित चीनकै २सय ४२ औ धनीको स्थान ओगट्न सफल भएका छन्। यो सूची यसै महिना चीनको न्यू फर्चुन नामक आर्थिक पत्रिकाले यो सूची सार्वजनिक गरेको हो।
माओको नातिनी कोङ डोङमेइ
कोङ माओको तेस्री पत्नी तिरकी नातिनी हुन। सन् २००१ अमेरिकाको पेन्सिलभेनियामा अध्ययन सकेसँगै चीन फर्केर उनले वेङजिङमा वुक स्टोर खोलेर माओसँग सम्वन्धित सामग्रीहरु विक्री वितरण गर्दै चीनियाँ रातो संस्कृतीको प्रवर्द्धनमा लागेकी थिइन।
१५ वर्ष लामो विवाहेत्तर सम्वन्ध राखेका चेनसँग कोङले सन् २०११ मा विवाह गरेकी थिइन। चेन वीमा कम्पनी, लिलामी गृह र कुरियर फर्मका मालिक हुन्। उनीहरुको दुई छोरी र एक छोरा रहेका न्यू फर्चुनले उल्लेख गरेको छ। तीन वच्चा हुनु एक मात्र वच्चा हुनुपर्ने चीनीयाँ नीतिको खिलाफमा रहेको छ।
चीनकै धनी सूचीमा कोङको नाम सार्वजनिक भएपछि ट्वीटर जस्तै चीनीयाँ सामाजिक सञ्जाल विबोजमा तात्तातो वहश शुरु भएको छ। उनीहरुले माओको छवीलाई कोङले धमिल्याएको आरोप लगाएका छन्।
व्यक्तिगत सम्पति राख्न नहुने माओको नातिनीको धनीको सूचीमा आउनु र राज्यको नीति नियमको वर्खिलापमा गएपछि उनको चर्चा र विरोध विबोजमा मात्र हैन साउथवेष्ट चीन सरकारका सल्लाहकार लु चोङगमिनले समेत बताउनुभएको छ। (एजेन्सीको सहयोगमा)

हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

Share this article :

0 comments :

Speak up your mind

Tell us what you're thinking... !

Connect to facebook

 
Copyright © 2014. Nepal Histry - All Rights Reserved Published by Nepal Histry Designed by Online Computer Institute