Headlines News :
Home » » ५ गुन्डा नाइकेमाथि किन हत्कडी लगाइएन ?

५ गुन्डा नाइकेमाथि किन हत्कडी लगाइएन ?

Written By Unknown on Sunday, May 19, 2013 | 11:43 PM


हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस


donकाठमाडौं, जेष्ठ ६ - गुन्डागर्दीबाटै ठूलो परिमाणमा अवैध सम्पत्ति जोडेका पाँच गुन्डा नाइकेविरुद्ध आइतबार विशेष अदालतमा सम्पत्ति शुद्धीकरण निवारण ऐनअन्तर्गत मुद्दा दायर भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धानका आधारमा विभागले मुद्दा दायर गरेका गुन्डा नाइकेहरूमा गणेश लामा, दीपक मनाङे भनिने राजीव गुरुङ, पर्शुराम भनिने कृष्ण बस्नेत, चक्रे मिलन भनिने मिलन गुरुङ र अभिषेक गिरी छन् । सम्पत्ति शुद्धीकरण विभागले गुन्डाका नाइके र अभियुक्त बनाइएका तिनलाई पक्राउको प्रयास नै नगरी फरार अभियुक्त भन्दै मुद्दा दर्ता गरेको छ । 'पक्राउ गरी हत्कडी लगाएर अदालतमा पुर्‍याई मुद्दा दायर गर्नु कानुनसम्मत चलन हो,' अदालतमा एक कर्मचारीले टिप्पणी गरे, 'विभागले त फाइल मात्र बुझाएर हिँड्यो ।' खोज्दै नखोजी सुरुमै फरार अभियुक्तको हैसियत दिँदै राजनीतिक संरक्षणमा रहेका गुन्डा नाइकेलाई सजिलो पारिएको तिनको आशंका छ । अब अदालतले पक्राउ पुर्जी जारी गर्ने रजिस्ट्रार धीरबहादुर चन्दले बताए । कारागारमै रहेका चक्रे मिलनलाई हाजिर गराउन पत्राचार गरिने उनले जनाए । चक्रे मिलन लागू औषध मुद्दामा केन्द्रीय कारागारमा जेल सजाय भोगिरहेका छन् । 'पाँचै जना गुन्डा नाइके र प्रतिवादी बनाइएका तिनका नातेदारलाई हत्कडी लगाएर अदालतमा पुर्‍याइएको भए गुन्डागर्दीविरुद्ध दह्रो सन्देश जान्थ्यो,' अनुसन्धानमा संलग्न रहेका एक प्रहरी अधिकारीले टिप्पणी गरे, 'राज्य संयन्त्रले तिनलाई एक दिन पनि थुनामा नराखी मुद्दाको प्रतिवाद गर्ने सहुलियत दियो ।' सीआईबीका निर्देशक डीआईजीपी केशबहादुर शाहीले अनुसन्धानको फाइल बुझाएपछि सम्बद्ध निकाय -सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग) ले अभियुक्त पक्राउ गरी बुझाउन पत्राचार नगरेको बताए । 'मैले पनि भर्खरै मुद्दा दायर भएको थाहा पाएँ,' उपत्यकाबाहिर रहेका उनले टेलिफोनमा भने, 'पक्राउ गर्न भनिएको भए खोजी गरिन्थ्यो ।' प्रहरीसम्बद्ध स्रोतका अनुसार दुई साताअघि विभागले सुटुक्क मुद्दा दायर गर्न थालेको सुइँको पाएपछि प्रहरीले तत्काल दायर नगर्न भन्दै पाँचै जना अभियुक्त समात्न टोली खटाएको थियो । काठमाडौंमा लामाको व्यापक खोजी पनि भयो । 'तर उनीहरूलाई नसमात्नु भनेर राजनीतिक नेतृत्वबाटै प्रेसर आएको बुझिन्छ,' एक अधिकृतले भने । राजनीतिक दबाबका साथै गुन्डाका नाइके रिसाउलान् भनेर डराएको विभागले औपचारिकता पूरा गर्न मात्र लागेको स्रोतले बतायो । प्रहरी पनि तिनलाई हत्कडी लगाएर 'ठूलाठालु' लाई चिढ्याउने पक्ष्ामा थिएन । पूर्ववर्ती बाबुराम भट्टराई सरकार हुन्जेल गुन्डा नाइकेमाथिको सम्पत्ति शुद्धीकरण अनुसन्धान टुंगिए पनि मुद्दा दायर गर्ने प्रक्रिया अगाडि बढ्न सकेको थिएन । सीआईबीले अनुसन्धानको फाइल बुझाउँदा विभागले थप अनुसन्धान गर्नु भन्दै फिर्ता पठाएको थियो । पूर्वप्रशासकहरूको नेतृत्वमा चुनावी सरकार बन्नेबित्तिकै गृह प्रशासनले 'लोकपि्रय निर्णय' का रूपमा उक्त मुद्दा विभागलाई बुझाएको थियो । अभियुक्त पक्राउ नगरी मुद्दा बुझाइनुका पछाडि पनि चलखेलकै गन्ध पाइएको जानकारहरू बताउँछन् । डीआईजी राजेन्द्रसिंह भण्डारीले सीआईबी निर्देशकका रूपमा गुन्डा नाइकेको सम्पत्ति सोधीखोजी सुरु गरेका थिए । उनका अनुसार अरू कानुनले गुन्डालाई तह लगाउन नसकिने भएपछि शक्ति -सम्पत्ति) मै प्रहार गरी प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्छ भनेर तिनको अवैध सम्पत्ति खोज्न थालिएको हो । उपेन्द्रकान्त अर्याल निर्देशक छँदा डेढ वर्षअघि विभागसँग स्वीकृति लिएर सीआईबीले विधिवत अनुसन्धान सुरु गरेको  थियो । कानुनले अर्को सरकारी निकायलाई अनुसन्धानमा परिचालन गर्ने अधिकार विभागलाई दिएको छ । लामाको सबैभन्दा बढी २७ करोड १ लाख ६१ हजार रुपैयाँ बराबरको चल/अचल सम्पत्ति फेला परेको थियो । विराटनगर क्षेत्रमा गुन्डागर्दी गर्ने अभिषेक गिरीको सबैभन्दा थोरै २ करोड ९४ लाख रुपैयाँको सम्पत्ति फेला परेको थियो । दीपक मनाङेको नाममा कुख्यात राजीव गुरुङको १४ करोड ७३ लाख ३१ हजार रुपैयाँ बराबरको अवैध सम्पत्ति अनुसन्धानको क्रममा पुष्टि भएको थियो । पर्शुराम भनिने कृष्ण बस्नेतको ११ करोड ६१ लाख ४१ हजार रुपैयाँ बराबरको अवैध सम्पत्ति फेला परेको थियो । चक्रे मिलनको नाममा गुन्डागर्दीमा संलग्न मिलन गुरुङको ७ करोड ८ लाख रुपैयाँ बराबरको सम्पत्ति फेला परेको थियो । सबैले व्यापारीबाट जबर्जस्ती असुली र ठेक्कापट्टामा हस्तक्षेप गरी कमिसन कुम्ल्याएको पैसा विभिन्न व्यवसायमा लगानी गरी थप सम्पत्ति जोडेका हुन् । तिनका निर्माण कम्पनी, रेस्टुरेन्टलगायत व्यवसाय छन् ।  लामा विजयकुमार गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरमका केन्द्रीय सदस्य हुन् । संघीय लोकतान्त्रिक पार्टीका केन्द्रीय उपाध्यक्ष मनाङेले चुनाव लड्ने घोषणै गरिसकेका छन् । बस्नेत एमालेसम्बद्ध युवा संघका केन्द्रीय सदस्य हुन् । चक्रे मिलन एमाले नेता प्रदीप नेपालसँग निकट मानिन्छन् । गिरी विराटनगरमा कांग्रेस निकट गुन्डाका रूपमा चिनिन्छन् । फेला परेको सम्पत्ति बराबरको रकमलाई बिगो मानेर बिगोजत्तिकै जरिवानाका साथै कैद सजायको माग गरिएको छ । 'ऐनको दफा ३० अनुसारको माग दाबी गरिएको छ,' रजिस्ट्रार चन्दले भने, 'उक्त दफामा बिगो जफतका साथै जरिवाना र कैद सजायको व्यवस्था छ ।' दीपककी श्रीमती पासाङ डोमा गुरुङ, पर्शुरामकी अञ्जनासिंह बस्नेत, चक्रे मिलनकी इन्द्रा घले र अभिषेककी पत्नी अनिषा गिरीलाई पनि अभियुक्त बनाइएको छ । गणेश लामाकी पत्नी लक्ष्मीका साथै बावु पासाङ, आमा रञ्जु तथा भाइहरू विनोद र राकेशलाई पनि प्रतिवादी बनाइएको छ । अवैध सम्पत्ति आफ्नो नाममा राखिदिएर सघाएको फेला परेपछि तीविरुद्ध मुद्दा दायर भएको हो । अनुसन्धान अधिकृतहरूका अनुसार अभियुक्तहरूले अनुसन्धान हुन लागेको सुइँको पाएपछि र त्यसभन्दा पहिल्यै पनि आफन्तहरूको नाममा करोडौं सम्पत्ति लुकाएको भए पनि छानबिन समितिले त्यो पक्षलाई समेट्न सकेको छैन । 'यो मुद्दा दायर भएका कारण अहिले ठूलो चर्चा होला, तर अनुसन्धान गर्दा हामीलाई कुनै स्रोतसाधन र सहयोग दिइएन,' अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने, 'राम्ररी केलाए फेला परेभन्दा दोब्बर सम्पत्ति भेटिन्छ ।' चुनावी सरकारले चार दलकै सिफारिसमा मात्र सानादेखि ठूला काम गर्ने पद्धति अँगालेका कारण गुन्डा नाइकेहरूलाई समेत फाइदा पुगेको गृहका एक उच्च अधिकारीले बताए । लामाका नाममा उपत्यकाका तीन जिल्लामै २ सय रोपनीभन्दा बढी जग्गा फेला परेको छ । उनको बावुको काठमाडौंमा ७ रोपनी र काभ्रेमा ३६ रोपनी जग्गा छ । श्रीमतीको नाममा कोटेश्वरमा घर र भाइद्वयको नाममा १५ रोपनी जग्गा छ । आमाको नाममा ७ रोपनी जग्गाका साथै प्राडो जीप, मारुती कारका साथै हेभी इक्विपमेन्ट फेला पर्‍यो । आफ्नो नाममा खासै सम्पत्ति नराखेका पर्शुराम बस्नेतले सहयोगी मुकेश बस्नेतका नाममा ४२ कट्ठा जग्गा खरिद गरेका छन् । मनाङेले श्रीमतीको नाममा काठमाडौंमा २४ आना र ककनी -नुवाकोट) मा ७५ रोपनी जग्गा जोडेका छन् । चक्रे मिलनको पनि काठमाडौं र गोरखामा गरी ३० रोपनीजति जग्गा छ । श्रीमतीको नाममा दुई कार, स्कुटर छ ।   

हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

Share this article :

0 comments :

Speak up your mind

Tell us what you're thinking... !

Connect to facebook

 
Copyright © 2014. Nepal Histry - All Rights Reserved Published by Nepal Histry Designed by Online Computer Institute