हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस
|
१ जेठ, धरान । कहिले डाक्टरले छाम्छन् र सञ्चो होला भनेर बिरामी अस्पतालको ढोकामा झोक्राएर बसेका छन् । कोही ज्वरोले थलिएका छन्, कोही झाडापखालाले । अरु गम्भीर रोगका बिरामी पनि सबैरेदेखि अस्पताल पुगेर डाक्टर आउने बाटो हेर्दैछन् । तर डाक्टर आफ्नै सुरमा छन् । बिरामीलाई हेर्नुभन्दा आफ्नो माग पूरा गर्नेतर्फ उनीहरुको ध्यान छ । यो अवस्था हो धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ।
बिरामीको मृत्यु भएको बिषयमा छानविन समिति गठन भएपछि त्यसको विरोधमा चिकित्सकहरु बुधबार बिहानैदेखि आकस्मिक बाहेकका उपचार सेवा ठप्प पारेर आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले बहिरंग विभाग मात्र ठप्प पारेका छैनन्, अन्तरंग विभागमा भर्ना भएर बसेका बिरामीको नियमित जाँचमा समेत गएका छैनन् । जसको कारण अस्पतालमा जँचाउन पुगेका नयाँ बिरामी र भर्ना भएर बसेका बिरामी समेत प्रत्यक्ष मारमा परेका छन् ।
प्रतिष्ठानको शल्यक्रिया विभाग प्रमुख समेत रहेका प्राध्यापक डाक्टर चन्द्रशेखर अग्रवालले पथरियाको अप्रेसन गरेपछि गम्भीर बनेकी धरान ११ सृर्जना मार्गकी ३० बषर्ीया मनमाया तामाङको मृत्यु भएपछि छानविन समिति गठन भएको थियो । एक साता अघि एकै दिन दुई पटक शल्यक्रिया गरेकी तामाङ अवस्था चिन्ताजनक भएपछि परिवारजनले सोमबार प्रतिष्ठानको अस्पताल निर्देशकसमक्ष निवदेन दिँदै छानबीनको माग गरेको थियोे भने उनिहरुले अग्रवालको कार्यकक्षमा ताला समेत लगाएका थिए । अग्रवालको कार्यकक्षमा ताला लगाएपछि प्रतिष्ठान व्यवस्थापनको पहलमा मंगलबार भएको वार्तामा घटनाको छानविन गर्न ५ सदस्य छानविन समिती गठन गरिएको थियो । सघन उपचार कक्षमा उपचाररत विरामी मनमायाको मंगलबार राती करिब आठ बजे मृत्यु भएको प्रतिष्ठानले घोषणा गरेको थियो ।
घटनाको छानबीन समित गठन भएको बिरोधमा आन्दोलनमा उत्रिएका चिकित्सक र प्रतिष्ठान पदाधिकारीहरुबीच वार्ता भइरहेको छ ।
हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस
|

0 comments :
Speak up your mind
Tell us what you're thinking... !