Headlines News :
Home » , » केही दिनमै हत्यारा पक्रने प्रहरीको दावी

केही दिनमै हत्यारा पक्रने प्रहरीको दावी

Written By Unknown on Thursday, May 23, 2013 | 12:19 AM


हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस


Sadrul Minya Hakराजविराज, ९ जेठ । पूर्वसभासद सदरुल हकको हत्याको विरोधमा दुई दिन देखिको बन्दका कारण पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको विभिन्न स्थानमा रोकिएका सवारी साधनहरुलाई गएराति प्रहरीले गन्तव्यतर्फ पठाएको छ ।
स्थानीय वार्ताटोली र प्रशासनको आपसी सहमति अनुसार राति १ बजेदेखि बिहान ५ बजेसम्म बाटो खुलेपछि दुई दिन देखि रोकिएका सवारी साधनलाई गन्तब्य तर्फ पठाईएको हो । सप्तरीमा अलपत्र परेका सम्पुर्ण सवारी साधन आफनो गन्तब्यतर्फ लागेको प्रहरी उपरीक्षक सञ्जयसिंह बस्नेतले बताए ।
हकको हत्या छानविन गर्न सरकारद्वारा गठित छानविन समितिले हिजो देखि नै काम सुरु गरेपनि छानविन प्रगतिका बारेमा भने कुनै जानकारी दिएको छैन । घटनाका विषयमा जिल्ला प्रहरी कार्यालय सप्तरीले भने आफुहरु हत्याराको नजिक रहेको बताएको छ । घटना अनुसन्धानका क्रममा प्रहरीले महत्वपुर्ण ‘क्लु’ हात पारेको भन्दै २÷३ दिन भित्रै हत्यारा प्रहरीको नियन्त्रणमा हुने डिएसपी श्यामसिंह चौधरीले बताएका छन् । यद्यपी प्रहरीले हालसम्म कसैलाई पनि नियन्त्रणमा लिएको छैन । यता मृतकका आफन्तले भने हकको हत्यामा बाहिरी ब्यक्ति र योजनावद्ध आक्रमण नभई स्थानीयकै संलग्नताको आशंका गरेका छन् ।
कल्याणपुर २ विसनपुर निवासी हकको मंगलबार बिहान अज्ञात समुहले धारीलो हतियार प्रहार गरी हत्या गरेको थियो । पेट्रोल पम्प, सःमिल, ईट्टाभट्टा लगायतका विभिन्न उद्योग सञ्चालन गरेर बस्दै आएका पूर्वसभासद हक २०६४ सालको संविधान सभा निर्वाचनमा सप्तरी Ôेत्र नं ५ वाट स्वतन्त्र उमेद्वारका रुपमा निर्वाचित भएका थिए ।

nepalupclose.com 

हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

Share this article :

0 comments :

Speak up your mind

Tell us what you're thinking... !

Connect to facebook

 
Copyright © 2014. Nepal Histry - All Rights Reserved Published by Nepal Histry Designed by Online Computer Institute