Headlines News :
Home » » लालीगुराँस बेच्दै , कापी ,कलम जुटाउँदै

लालीगुराँस बेच्दै , कापी ,कलम जुटाउँदै

Written By Unknown on Friday, May 10, 2013 | 11:39 PM


हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

-राजकुमार गोले
२८,  बैशाख,  काभ्रे/ छात्रेबाँझ गाविस दाप्चामा रहेको कृष्ण दाप्चा उच्च माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा ६ का १५ वर्षिया रमेश परियार आफनो खर्च आफै जुटाउँछन ।
कापी कलम किन्नका लागि सडकको छेउमा बसेर अन्तरिक पर्यटक, बाह्य पर्यटकलाई लालिगुरास बेच्ने काम गर्छन । उनी गुरास बेचेरै कापी कलम जुटाउँछन ।
जण्डिसको उपचार गर्न नसकेपछि ४ वर्ष अघि बुबाको मृत्युपछि आमाले दोस्रो बिबाह गनिन् । परिवारमा ७० वर्षको हजुर आमालाई रेखदेख गर्न‘ र आफना खर्च जुटाउनु उनको दिनाचार्य भएको छ । पढ्नलाई समस्या भएकाले लालिगुराँस बेचेर कापी कलमको जोहो गर्न बाँध्य भएको बताउँछन ।
नमोबुद्ध नजिक रहेको जंगलमा दैनिक विद्यालय जानु अघि र विद्यालयमा गएर आएपछि लालिगुरास टिपेर बेच्ने र  किताब, कापी, कलम जुटाउनु उनको दिनाचार्य भएको छ । 
सडक छेउछाउमा बसेर अन्तारिक तथा बाह्य पर्यटकलाई लालिगुराँस बेचेको पैसाले कक्षा ६ मा अध्ययनरत परियारले बिदा र फुर्सदको समयमा  प्रतिथुँगा रु.१५ देखि २० सम्ममा बेचेर दैनिक २ सय भन्दा बढी कमाएर विद्यालयका लागि कपी कलम किन्ने गरेको बताए । उनले कामी कलम जुटाउने र बिहान बेलुका छाक टार्न धौ–धौ भएकाले नुन, तेल र मसाला समेत किनेर घरमा लाँदा हजुर आमा खुशी भएकी छु उनले भने । 
उनी जस्तै श्याम तामाङको पनि समस्या यस्तै रहेको बताए । उनी लक्ष्मी नारायण मावि श्याम पार्टीस्थित कक्षा ८ म पढ्छन । हजुर बा र  आमा  दैनिक ज्याला गर्नु हुन्छ, कमाएको पैसाले बिहान बेलुकाको छाक टार्नुलाई धौ–धौ परेकाले खेरा गएका लालिगुराँस बेचेर कापी , कलम किन्ने गरेको बताए । घरको आर्थिक कमजोर रहेकाले पढ्नका लागि लालिगुरास बेच्ने गरेको आएको पैसाले कापी कलमको जोहो गरेको हो उनले भने ।  अरु साथीहरु मीठो–मिठो खाजा गर्ने गरिन्छ गरिबीकै कारण भोगभोकै पढ्न बाध्य छन उनी बताउँछन । 

हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

Share this article :

0 comments :

Speak up your mind

Tell us what you're thinking... !

Connect to facebook

 
Copyright © 2014. Nepal Histry - All Rights Reserved Published by Nepal Histry Designed by Online Computer Institute