Headlines News :
Home » , » सल्यानका कैदीलाई दुई जग पानी

सल्यानका कैदीलाई दुई जग पानी

Written By Unknown on Sunday, May 19, 2013 | 11:35 PM


हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस


६ जेठ, सल्यान । खानेपानीको हाहाकार भएपछि सल्यान कारागारका कैदीलाई पानीको चरम समस्या भएको छ । खानेपानीको अभाव भएपछि कारागारले एक कैदीलाई बिहान एक जग तथा बेलुका एक जग पानी उपलब्ध गराउने गरेको छ ।
बीस जना कैदी राख्ने क्षमता भएको जिल्ला कारागार सल्यानमा अहिले ६२ पुरुष र १० जना महिला गरी र दुई बालबालिका गरी ७४ जना कैदीबन्दी छन् ।
धारामा आउने पानीले नपुगेपछि कारागारले शारदा नदीबाट टयाङ्करबाट बोकेर ल्याएको पानी प्रतिटयाङ्कर दुई हजार ५०० का दरले किनेर दिने गरेको छ । तर बजेट अभावले पानी किनेर खुवाउन समस्या भएको जिल्ला कारागार सल्यानका जेलर विक्रम केसीले बताउनुभयो ।
जेलर केसीले भन्नुभयो, पानी बिजुली शीर्षकमा रु एक लाख ८० हजार आउँछ, हामीले अहिले विद्युत् महसुलवापतको रकमले पनि पानी किनेर खुवाउनुपरेको छ ।
केसीले भन्नुभयो, “पानी किनेर कैदीलाई खुवाउँदा रु एक लाखभन्दा बढी रकम खर्च भइसक्यो, विद्युत्लाई तिर्नुपर्ने रु एक लाखभन्दा बढी छ, विद्युत्को रकम पानीमा खर्च गर्दा अर्को समस्या सुरु भएको छ ।”
कारागार प्रशासनले उपलब्ध गराउने पानीले नपुगेपछि कतिपय कैदीले आˆनै पैसाले किनेर खाने गरेको कैदी सेतीराम बोहरालेे बताए ।
कारागारभित्र पानीको समस्या भएपछि कैदीलाई नुहाउन तथा कपडा धुन निकै समस्या भएको छ । कारागारमा खानेपानीको अभाव सुरु भएपछि आफूहरुले एक, दुई महिनादेखि राम्रोसँग नुहाउन र कपडा धुन नपाएको कैदीहरुले बताए । कारागार शाखाका अनुसार कतिपय कैदीले महिनामा एकपटक पानी किनेर नुहाउने गर्छन् भने कतिपयले लामो समयदेखि नुहाउन पाएका छैनन् । रासस


हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

Share this article :

0 comments :

Speak up your mind

Tell us what you're thinking... !

Connect to facebook

 
Copyright © 2014. Nepal Histry - All Rights Reserved Published by Nepal Histry Designed by Online Computer Institute