हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस
|
काठमाडौं, जेठ ४–राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय जनशक्ति पार्टीको जारी एकता महाधिवेशनमा शनिबारदेखि बन्दसत्र सुरु हुदैछ ।बन्दसत्र भाटभटेनीस्थित एक पार्टी प्यालेसमा बिहान आठ बजेदेखि शुरु हुदैछ । बन्दसत्रमा देशभरबाट २ हजार ५ सय बढि प्रतिनिधि सहभागी हुने बताइएको छ ।
२०६१ सालमा विभाजित भएका पशुपति समशेर राणा नेतृत्वको राप्रपा र सूर्यबहादुर थापा नेतृत्वको राजपाबीच एकताको महाधिवेसन शुक्रबार काठमण्डौंको भृकुटीमण्डपमा उद्घाटन भएको हो ।
भोलि सम्म चल्ने बन्दसत्रले पार्टीको नयाँ नाम, नयाँ नीति र नेतृत्व चयन गर्ने छ ।
तीन दिनसम्म चल्ने एकता महाधिवेशनबाट नयाँ पार्टीको अध्यक्ष सूर्यबहादुर थापा रहने र चार सदस्यीय अध्यक्ष मण्डल बनाउने सहमति यसअघि नै भईसकेको बताइएको छ । अध्यक्ष मण्डलमा पशुपति शमशेर राणाको नेतृत्वमापूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, राजेश्वर देवकोटा र प्रकाशचन्द्र लोहनी रहने स्रोतले जनाएको छ । अध्यक्ष मण्डलले पदाधिकारीको चयन गर्ने छ ।
हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस
|

0 comments :
Speak up your mind
Tell us what you're thinking... !