Headlines News :
Home » » रोल्पामा दुई सय २७ थान हतियार संकलन

रोल्पामा दुई सय २७ थान हतियार संकलन

Written By Unknown on Thursday, May 9, 2013 | 11:23 PM


हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

संसारकोखबर .कम 
२७ वैशाख, रोल्पा । सरकारले रोल्पामा रहेका अवैध हातहतियार बुझाउन सूचना जारी गरेपछि २ सय २७ थान अवैध हतियार संकलन भएको छ । फागुन १५ गतेदखि चैत १५ गतेसम्म जारी गरिएको पहिलो चरणको अवधिमा १ सय ६४ र चैत १५ गतेदेखि वैशाख १५ गतेसम्म जारी गरिएको थप एक महिने समयावधिमा ६३ थान गरी जम्मा २ सय २७ अवैध हतियारहरु जिल्ला प्रहरी कार्यालय लगायत विभिन्न प्रहरी चौकीहरुमा संकलन भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।
hatiyar
नेपाल सरकारको निर्णयअनुसार जिल्ला प्रशासन र प्रहरी कार्यालय रोल्पाले जिल्लालाई अवैध हतियार मुक्त जिल्ला बनाउने योजना अन्तर्गत सूचना प्रकाशन/प्रसारण गरेपछि गाउँगाउँबाट सर्वसाधारणले अवैध हतियार बुझाएका हुन् । संकलन भएका हतियारहरुमध्ये २ सय २५ थान भरुवा बन्दुक र २ थान कटुवा पेस्तोल रहेका छन् । साथै आगामी दिनमा पनि अवैध हातहतियार भेटिएमा कानुन बमोजिम कारवाही हुने प्रहरीले जनाएको छ ।


हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

Share this article :

0 comments :

Speak up your mind

Tell us what you're thinking... !

Connect to facebook

 
Copyright © 2014. Nepal Histry - All Rights Reserved Published by Nepal Histry Designed by Online Computer Institute