हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस
|
संसारकोखबर.कम
आफूले खेलेका अधिकांश सिनेमाको बिषयमा बजारमा सकारात्मक भन्दा नकारात्मक टिप्पणी ज्याँदा भएपछि नायिका जिया केसी तनावमा छिन् । तनावका कारण गृहजिल्ला झापा पुगेकी जियाले चलचित्रकर्मीहरुले नै आफूलाई नवुझेको गुनासो गरिन् ।
‘मैले खेलेका सिनेमा सेन्सरले पास पनि गरेन, चलचित्रकर्मीहरुले पनि मलाई नकारात्मक रुपमा हेरिदिनुभयो, अब के गर्ने गर्ने, साह्रै तनावमा छु’, जियाले अनलाइनखबरसँग भनिन् । उनले आफू कलाकार भएकाले हरेक भूमिका गर्नु पर्ने सोचका साथ सिनेमा खेलेको बताउदै भनिन्, ‘तर यहाँ सामान्य भूमिका खेलेको मात्र पचाँइदो रहेछ ।’
‘मैले खेलेका सिनेमा सेन्सरले पास पनि गरेन, चलचित्रकर्मीहरुले पनि मलाई नकारात्मक रुपमा हेरिदिनुभयो, अब के गर्ने गर्ने, साह्रै तनावमा छु’, जियाले अनलाइनखबरसँग भनिन् । उनले आफू कलाकार भएकाले हरेक भूमिका गर्नु पर्ने सोचका साथ सिनेमा खेलेको बताउदै भनिन्, ‘तर यहाँ सामान्य भूमिका खेलेको मात्र पचाँइदो रहेछ ।’चलचित्र ‘हो यही माया हो’ बाट सिने नगरीमा डेब्यू गरेकी जियाले आफलेु यो सिनेमामा साधारण युवतीको भूमिकामा अभिनय गरेको बताइन् । ‘जिया केसी भन्ने बित्तिकै उच्छुङ्खल सिनेमा खेल्ने, जस्तो दृश्य पनि दिने परिचय दर्शकमा परेको छ, त्यो ‘हो यही माया हो’ ले परिवर्तन गर्ने उनको दाबी छ । यो चलचित्रमा आफ्नो अभिनय दर्शकले देख्न पाउने उनले बताइन् ।
अब आफूले सबै कुरा वुझेर मात्र सिनेमा खेल्ने भन्दै जियाले उच्छुङखल दृश्य भन्दा पनि सिनेमामा अभिनय देखाउने कुरामा ध्यान दिने प्रतिबद्धता समेत उनले व्यक्त गरिन् ।चलचित्र सेन्सर बोर्डले आफ्नो सिनेमालाई कडाई गरेको भन्दै केसीले २१ औ शताब्दीमा पनि बोर्ड १९ औ शताब्दीको सोचाइमा रहेको आरोप लगाइन् । ‘बलिउडमा पोर्न स्टार सन्नी लियोनीले खेलेका सिनेमा पास हुन्छन्, नेपालमा सामान्य दृश्यमा पनि कैची लगाइन्छ’, उनले गुनासो पोखिन् ।
चलचित्र ‘एटीएम’ र ‘बर्बाद’मा आवश्यकता भन्दा ज्यादा नाङ्गीएपछि जियाको चर्को आलोचना भएको थियो । यसपछि उनको परिचय नै भद्दा सिनेमा खेल्ने नायिकाको रुपमा हुन थालेको छ । यसैले नायिका केसी चलचित्रको पर्दामा देखिएको नकारात्मक छविलाई परिवर्तन गर्ने सोचमा छिन् । हेरौ, जियाको यो कदमलाई दर्शक र आम चलचित्रकर्मीले कसरी लिने हुन् ?
हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस
|

0 comments :
Speak up your mind
Tell us what you're thinking... !