Headlines News :
Home » » मृत्युदण्डबाट जोगिए मलेसियामा नेपाली : १० वर्ष कैद सजायँ मात्र

मृत्युदण्डबाट जोगिए मलेसियामा नेपाली : १० वर्ष कैद सजायँ मात्र

Written By Unknown on Thursday, March 6, 2014 | 10:27 PM


हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

आफनै कम्पनीमा कार्यरत साथीको हत्या अभियोग लागेका एक नेपाली मृत्युदण्डको सजायँबाट जोगिएका छन् । कम्पनीका सुपरभाइजरको हत्या गरेको अभियोगमा उनलाई मृत्युदण्डको सजायँ दिन माग गर्दै अदालतमा मुद्दा चलिरहेको थियो । मलेसियाको उच्च उदालतले उनलाई मृत्युदण्डको सट्टा १० वर्षको जेल सजायँ सुनाएको छ । जोहोरको तामान सन्तोषामा रहेको एक बेकरी कम्पनीमा कार्यरत धनुषा बेंगादवार-४ घर भएका सुरवीर गोलेलाई अदालतले उक्त सजाय सुनाएको हो । ६ सेप्टेम्बर २०१२ का दिन कम्पनीको सुपरभाइजर तान एई पिङको हत्या अभियोगमा उनी दुई वर्षअघि पक्राउ परेका थिए । मलेसियावाट प्रकाशित द सन पत्रिकाले जनाएअनुसार गोलेले छुरा प्रहार गरेकाले मृत्युमा उनी पनि दोषी देखिएको फैसलामा उल्लेख गरिएको छ । पिङले आफूलाई मानसिक तथा शारीरिक पीडा दिएको र चार महिनासम्म छुट्टीसमेत नदिएको बयान गोलेले अदालतमा दिएका थिए । उनको उक्त भनाई सीसीटीभी रेकर्डले समेत पुष्टि गरेको थियो भने प्रत्यक्षदर्शीले पनि गोलेमाथि सुपरभाइजरले अन्याय गरेको बयान दिएका थिए । सोही आधारमा अदालतले उनलाई मृत्युदण्डको सट्टा १० बर्ष कैद सजायँमात्र सुनाएको हो । ‘तिमीमाथि भएको अन्यया पनि हामीले महसुस गर्‍यौं’ इजलासमा न्यायाधीशले गोलेलाई भनेका थिए-’तर तिमीले जे गर्‍यौ, त्यो कानुनबिपरित हो, तिमीले कानुनको पालना गर्नुपर्छ ।’ आफुले हत्या गर्ने मनसायबाट छुरा नहानेको भन्ने उनको बयानले गर्दा अदालतले कैद सजायँ घटाइदिएको हो ।

हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

Share this article :

0 comments :

Speak up your mind

Tell us what you're thinking... !

Connect to facebook

 
Copyright © 2014. Nepal Histry - All Rights Reserved Published by Nepal Histry Designed by Online Computer Institute