Headlines News :
Home » » कुवेतमा मिना कुमारी गुरुङको जीवन लीला समाप्त

कुवेतमा मिना कुमारी गुरुङको जीवन लीला समाप्त

Written By Unknown on Thursday, March 6, 2014 | 10:14 PM


हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

तोयानाथ उपेक्षित, गत बर्ष ससुराको दाहासँस्कार गरेर आएकी कुवेत फर्किएकी मिना कुमारी गुरुङ यसपाला आफै बाकसमा प्याक भएर नेपाल पुगिन । श्रीमान अर्ध पागल भएर कामै नलाग्ने भए पछि दुई छोरी, एक छोरा र सासु–ससुरा समेत उनैले पाल्दै आएकी थिईन कुवेतमा काम गरेर । कुवेतीको घरको सास्ती काटेर भए पनि उनको परिवारको जसोतसो गुजरा चल्दै थियो तर अब भने उनको परिवारको विचल्ली भएको छ । पछिल्लो पटक उनी चौध महिना पहिले कुवेत आएकी थिईन । नेपालको बाटो भएर आउदा उनले नेपालमा र कुवेती दुतावासमा विमा लगायतको सवै कानूनी प्रकृ्रया पुरा गरेकी छन । कुवेतमा हलहकुक मार्फत गरेको विमा र नेपालमा श्रम तथा रोजगार प्रर्बद्धन बोर्ड मार्फत हुने विमा बापतको रकम पाए त उनको परिवारलाई केही राहतै हुने थियो तर पाउने कसरी र कहिले सम्ममा भन्ने ज्ञान कसैलाई छैन । यस्तो अवस्थामा नेपाली दुतावास र नेपाल सरकारकै अग्रसरता र पहल हुन जरुरी छ तर सहयोग भन्दा असहयोग र अप्ठयारोमा पारेर झुलाउने नेपाली सरकारका कर्मचारीबाट त्यो परिवारले सहयोग पाउलान भनेर कमै आशा गर्न सकिन्छ । तर कुवेतबाट पाउने रकमका सम्बन्धमा भने कोसेली न्युजको एक सवालमा नेपाली दुतावास कुवेतका द्धितिय सचिब अम्बिका जोशीले भन्नु भयो । मृतकका आफन्तले त्रिपुरेश्वर काठमाण्डौमा रहेको कन्सुलर शाखाबाट नाता प्रमाणित गरेर हक दावी गर्दै दुतावासमा पठाएको खण्डमा हामी सक्दो सहयोग गर्ने छौ ।उहाँले हकवाला प्रमाणीत भई आएको कागजातका आधारमा यहाँ अलहकुक मार्फत पाउने रकम निकाशाको प्रकृया दुतावासले आफै अगाडी बढाउछ र प्रकृया पुरा भए पछि पुन परराष्ट्र मन्त्रालयमा पठाईन्छ जोशीको संक्षिप्त उत्तर थियो । अलहकुकमा दर्ता भएको विमामा सम्बन्धि व्यवस्थामा दुर्घटना विमा बापत ३००० केडी र सामान्य मृत्यु भएमा १००० केडी पाउने व्यवस्था छ । नेपालमा भने ५ लाखको विमा हुन्छ । ढिलो गरी प्राप्त समाचार अनुसार मिना कुमारी गुरुङलाई जनवरी ३१ का दिन मुटु दुःने विमारले भेटेको रहेछ । यस अघि पनि उनी मुटुको सामान्य विमारी थिईन । स्पोन्सरले अस्पताल लगेर जचाएको औषधीको सेवन पछि उनले मुटु खुवै पोल्ने गरेको बताउदै आएकी थिईन । भोली पल्ट विहान १ फेब्रवरीका दिन उनलाई अस्पताल लगिएको रहेछ तर त्यही दिन दिनको १ बजेको समयमा उनी कहिल्यै नव्युतने गरी निदाईन । पावतीपुर गाविस वडा नं १ चितवन घर भएकी मिना को पार्थिव शरिरलाई केओसीमा कार्यरत दिल बहादुर तामाङले लिएर गएका थिए । उनले आफ्नो १२० केडी खर्च गरेर कम्पनीसँग मुश्किलले पाँच दिनको छुट्टी मिलाएर ९ तारिक गए र १४ तारिक कुवेत फर्किए । उनी मिनको सानो देखिकै साथी रहेछन । सँगै पढेको र एसएलसी सम्म सगै खेलेको नाताले उनले उनको निम्ति जे जति गर्न पर्ने थियो सो काम गरे । उनको घरेलु अवस्था देखेर आए पछि उनले चिने जानेको सँघ सँस्थासँग कुरा पनि गरेछन तर उनले कुरा गरेको सँस्थाको सकृय सदस्यले नै मेम्बर नभएको मान्छेलाई केही गर्न नसकिने बताएपछि आफू दुःखी बनेको बताए । मिनाको विचल्लीमा परेको परिवारको सहयोगका लागि दिल बहादुर तामांगले नेपाली बचाउ, राहत तथा उद्धार समिती कुवेतमा समेत निवेदन बताएका छन ।

हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

Share this article :

0 comments :

Speak up your mind

Tell us what you're thinking... !

Connect to facebook

 
Copyright © 2014. Nepal Histry - All Rights Reserved Published by Nepal Histry Designed by Online Computer Institute