शारीरिक सम्बन्धबाट श्रीमान्लाई वञ्चित राखेर महिलाहरूले श्रीमान्को आफूप्रतिको प्रेमलाई पनि लत्याइरहेका हुन्छन्, श्रीमान्को सम्मानमा चोट पुर्याइरहेका हुन्छन्। दाम्पत्य जीवनमा यौन शारीरिक मिलन मात्र नभएर भावनात्मक लगावको आधार पनि हुन्छ। यसबाट वञ्चित जीवनसाथी भड्किने सम्भावना पनि हुन्छ। अमेरिकी एन्टी एजिङ विशेषज्ञले 'यंगर यु' शीर्षकको पुस्तकमा यस्तो समस्याको समाधान दैहिक सम्बन्धबाट बच्नमा नभएर त्यसलाई खुसी भएर बाँच्नुमा रहेको उल्लेख गरेका छन्। विशेषज्ञ डा. एरिक ब्राबरमनका अनुसार विवाहित दम्पतीको सेक्सुयल लाइफ बढी सुमधुर हुन्छ, उनीहरू चिर युवा रहन्छन्, साथै उनीहरूको आयु पनि लामो हुन्छ। सुखद रतिक्रियाबाट शरीरको मस्तिष्क, मुटु र प्रतिरक्षा प्रणाली पनि बलियो हुन्छ।
0 comments :
Speak up your mind
Tell us what you're thinking... !