
एजेन्सी – भारतको मध्यप्रदेशको डिंडौरी जिल्लामा एउटी दुलहीले विवाह मण्डपमै बच्चा जन्माएकी छन् । तैपनि दुलाहा र जन्तीले खुसियालीका साथ बेहुली र दाइजोका रुपमा नवजात शिशु लिएर गएका छन् । डिंडौरी जिल्लाका मानसिंह जन्ती लिएर बुधबार अजवार गाउँ पुगेका थिए । जन्ती पुगेपछि वैवाहिक विधि चलिरहेको थियो। त्यति नै बेला बेहुलीलाई प्रसव पीडा सुरु भयो । यो अवस्था देखेर दुवै पक्ष स्तब्ध भए । मानसिंहका परिवार बेहुलीबिनै फर्कने तयारीमा जुटे । बेहुली पक्षले अनुनय विनय पनि गरे । तैपनि उनीहरु तयार भएनन् । बेहुली आमा बनेपछि बेहुलापक्ष फर्कने तयारीमा थियो। तर, बेहुला मानसिंहले त्यसो गर्न दिएनन्। मानसिंहले आफूलाई आफ्नी भावी श्रीमती गर्भवती भएको जानकारी रहेको बताए । उनले आफूहरुबीच एक वर्षअघिदेखि नै भेटघाट चलिरहेको बताए। बेहुलाको जिदका अगाडि जन्ती पनि झुक्न बाध्य भए । तैपनि विवाहको विधि एक दिनका लागि रोकियो। बिहीबार बाँकी विधि पूरा गरेर शुक्रबार रमाइलो माहोलमा बेहुली र नवजात शिुका साथ मानसिंह घर फर्किए । मानसिंका काका छोटे लालका अनुसार दुवै पक्षको मन्जुरीमा बेहुलीले विवाह विधिमै बच्चा जन्माए पनि विवाह सम्पन्न भएको हो समान्यतः जनजातीय समुदायमा विवाह तय भएपछि युवायुवतीबीच भेटघाट हुने गर्दछ । यसलाई अन्यथा मानिँदैन ।
0 comments :
Speak up your mind
Tell us what you're thinking... !