(एजेन्सी) भनिन्छ मानिसको भाग्य बद्लिन केही समय पनि लाग्दैन । अहिले ठीक यस्तै भएको छ अमेरिकाका एक दम्पत्तिलाई । क्यालिफोर्निया शहरमा बसोबास गर्ने एक दम्पत्तिले करिब एक करोड डलर बराबरको सुनका सिक्काहरु फेला पारेका छन् । एक बिहानै आफ्नो कुकुरलाई डुलाउने क्रममा उनीहरुले एउटा रुखको मूनि गाडेर राखेको अवस्थामा उक्त सुनको सिक्काहरु फेला पारेका हुन् । त्यहाँ लगभग १४ सय २७ सिक्काहरु थिए । ती सुनको बजार मूल्य २८ हजार डलर मात्र भए पनि ती सिक्काहरु निकै पूराना र दूलर्भ भएका कारण एउटै सिक्काको मूल्य १० लाख डलरसम्म पर्न सक्ने सुनका विज्ञहरु बताउँछन् । त्यहाँ रहेका सबै सुनका सिक्का सन् १८४७ देखि १८९४ का रहेका छन् । त्यति बेला क्यालिफोर्नियामा कागजी नोट प्रतिबन्धित थियो । सन् १९७० पछि मात्र त्यहाँ कागजका नोट प्रयोग गर्न खुला गरिएको थियो । त्यसरी सुन फेला पार्ने दम्पत्ति को हुन् भनेर अझै खुलासा गरिएको छैन । उनीहरुका तर्फबाट डन क्यागिनले प्रतिनिधित्व गरिरहेका छन् ।
0 comments :
Speak up your mind
Tell us what you're thinking... !