Headlines News :
Home » » ‘बेपत्ता विमानको सम्भावित टुक्रा देखियो’

‘बेपत्ता विमानको सम्भावित टुक्रा देखियो’

Written By Unknown on Wednesday, March 12, 2014 | 8:39 PM


हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

काठमाडौं, फाल्गुन २९ । चीनले ६ दिनदेखि बेपत्ता मलेसिया एअरलाइन्सको विमानको सम्भावित टुक्रा जस्तो सेटेलाइट तस्वीर सार्वजनिक गरेको छ । सार्वजनिक तस्वीरमा दक्षिणी चिनियाँ समुद्रमा तीन ठूला तैरिरहेको वस्तु रहेका छन् । ती वस्तुहरु मलेसियाको पूर्व र भियतनामको दक्षिणी क्षेत्रबीच रहेको चिनियाँ सरकारी वेबसाइटमा उल्लेख गरिएको छ । चिनियाँ सरकारी सञ्चारमाध्यम सिन्ह्वाले सबैभन्दा ठूलो टुक्राको आकार २४ मिटर बाई २२ मिटर रहेको जनाएको छ । यसअघि हिजो मात्र विमान सम्पर्कविहीन हुनु भन्दा केही मिनेटअघिको सन्देश फेला परेको मलेसियाका अधिकारीहरुले बताएका थिए । उक्त विमानले बेपत्ता हुनुभन्दा केही मिनटअघि मलेसियन एअर कन्ट्रोललाई ‘सबै ठिक छ’ भन्ने रेडियो सन्देश दिएको अधिकारीहरुले खुलासा गरेका छन् । त्यसको केही मिनेटपछि नै विमानसँगको सम्पूर्ण सम्पर्कविच्छेद भएको थियो । गत शनिबार २ सय ३९ जना यात्रु बोकेर क्वालालम्पुरबाट बेइजिङका लागि उडेको मलेसिया एअरलाइन्सको विमानको खोजीमा सिंगै विश्वले ध्यान दिएपनि सुइँकोसम्म पाउन सकिएको छैन । (एजेन्सी)

हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

Share this article :

0 comments :

Speak up your mind

Tell us what you're thinking... !

Connect to facebook

 
Copyright © 2014. Nepal Histry - All Rights Reserved Published by Nepal Histry Designed by Online Computer Institute