Headlines News :
Home » » आजको पञ्चाङ्ग र राशीफल २०७० साल फाल्गुन २९ गते बिहीबार

आजको पञ्चाङ्ग र राशीफल २०७० साल फाल्गुन २९ गते बिहीबार

Written By Unknown on Wednesday, March 12, 2014 | 4:23 PM


हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

आजको पञ्चाङ्ग आज मिति २०७० साल फाल्गुन २९ गते बिहीबार, तदनुसार मार्च १३ सन् २०१४, श्रीशाके १९३५, नेपाल संवत् ११३४, पराभवनामकह संवत्सरह, सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा प्रवेश गरिसकेका छन् । शिशिर ऋतु चल्दै छ । चान्द्रमान अनुसार फाल्गुनशुक्लपक्ष चलिरहेको छ । शौरमान अनुसार आज फाल्गुनशुक्लपक्षको द्वादशी तिथि २९ घटि ४ पला अर्थात साँझमा ५ बजेर ५६ मिनेटसम्म त्यसउप्रान्त त्रयोदशी तिथिमा लाग्नेछ । आज सूर्य कुम्भ राशिमा रहेको छ भने चन्द्रमा कर्कट राशिमा अहोरात्र रहनेछ । आज दिनमान २९ घटि ४० पलाको रहनेछ । आज सूर्योदय नेपालको काठमाडौं केन्द्रबिन्दुमा रहि बिहान ठीक ६ बजेर १८ मिनेटमा रावण मुहूर्तमा भैसकेको छ भने सूर्यास्त साँझ ६ बजेर ११ मिनेटमा हुनेछ ।

आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – पारिवारिक किचलो थपिनाले मानसिक चिन्ता बढ्दै जानेछ, नकारात्मक सोचाईले गर्दा आफैलाई घाटा हुनेछ ।

 बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – शैक्षिक तथा सामाजिक प्रगति हुने, प्रेमप्रसँग सुमधुर रहन सक्नेछन्, आदर सत्कार पाइने ठाउँमा सरिक हनु पाइनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – स्वास्थ्य भरपर्दो हुनेछैन, खानेकुरामा सतर्क रहनुहोला, जमिन विवाद पर्न सक्ने, चनाखो भई कार्य शुरु गर्नुहोला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –  नयाँ मित्रसँग भेट, आर्थिक क्षेत्रबाट लाभ पाइने, अधुरो कार्य पुरा हुने सम्भावना दिन महत्वपूर्ण रहनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – दैनिक कार्य अधुरा हुन सक्नेछ, विरोधीहरू सक्रिय हुदै जान सक्नेछन, स्वास्थ्य हानी समय तथा दिन खराब रहनेछ ।

 कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – स्वास्थ्यमा क्रमिक सुधार आउनेछ, सापटी दिएको धन प्राप्त हुनेछ, दिन शुभ छ समयको सही उपयोग गर्नुहोला ।

 तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – पारिवारिक विरोध खेप्नुपर्ने, आफ्नै पेशाबाट घाटा हुन सक्ने, सामाजिक कचिलोले गर्दा दिनभर चिन्ता पर्नेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – आफ्नै पेशाबाट नोक्सान व्यहोर्नुपर्ने, यात्रा गर्दा कठिनाई, पढाईमा मन नजाने, समय खराब छ सतर्क रहनुहोला ।

 धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – आम्दानीमा गिरावट आउनेछ, भाइबन्धु संग भेट, समय विवादित रहनेछन, कडा चुनौति थपिनेछ चनाखो हुनुहोला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –  एक्कासि धन तथा जमिन लाभ पाइने, नयाँ कार्यमा लगानी हुन सक्नेछ, दिन सबै प्रकारले शुभ रहनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – मित्रहरूबाट सहयोग पाइनेछ, कला क्षेत्रमा अभिरुचिबढ्ने, एकमुष्ठ रकम संकलन हुने, स्वादिष्ट ब्यञ्जन प्राप्त हुनेछ ।

 मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – पुरानो कार्यबाट आम्दानीमा एक्कासि बृद्धि, सहयोगी हातहरू बढ्नेछन्, धर्मकर्ममा मन जानेछ समय शुभ छ  ।

आजको शुभ, लाभ र अमृत बेला: आज २०७० साल फाल्गुन २९ गते बिहीबार बिहान ६:१८ बजेदेखि ७:४८ बजेसम्म लाभ बेला, बिहानमा ७:४८ बजेदेखि ९:१८ सम्म अमृत बेला, बिहानमा ९:१८ बजेदेखि १०:४८ बजेसम्म काल बेला, बिहानमा १०:४८ बजेदेखि १२:१८ बजेसम्म शुभ बेला, बिहान १२:१९ बजेदेखि दिनमा १:४९ बजेसम्म रोग बेला, दिनमा १:४८ बजेदेखि ३:१८ बजेसम्म उद्वेग दिनमा ३:१८ बजेदेखि ४:४८ बजेसम्म चर साँझ ४:४८ बजेदेखि ६:१८ बजेसम्म लाभ बेला रहनेछ । यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला । आजको साइत: आज उत्तर र पश्चिम बाहेक अन्य कुनैपनि दिशाको यात्रा नगर्दा राम्रो हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ । राहुकाल समय: दिनमा १:३० बजेदेखि ३:०० बजेसम्म राहुकाल रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन । -

हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

Share this article :

0 comments :

Speak up your mind

Tell us what you're thinking... !

Connect to facebook

 
Copyright © 2014. Nepal Histry - All Rights Reserved Published by Nepal Histry Designed by Online Computer Institute