
मदिराका विषयमा होटल, रेष्टुरेन्ट र भट्टीहरूमा मात्रै होइन्, बरिष्ठ चिकित्सक र स्वास्थ्य क्षेत्रका विज्ञहरूको उपस्थितिमा पनि गरमागरम वहस हुन्छ । मिर्गौला र लिभरका चिकित्सक नखान सल्लाह दिन्छन् । मुटुका चिकित्सक थोरै भन्छन् । एचआइभीको प्रमुख कारण मदिरा हो भन्नेहरूको पनि कमि छैन । संसारमा भएका विभिन्न अध्ययनहरूले मदिराबारे फरक–फरक तथ्य बाहिर ल्याएका छन् । मदिरा सेवन नेपालमा पनि कहिलेदेखि शुरु भयो भन्ने यकिन छैन । विभिन्न संस्कार र सांस्कृतिक पक्षसँग पनि मदिराको सोझो सम्बन्ध जोडिएको पाइन्छ । विभिन्न समुदायमा जन्म र मृत्यु जस्ता संस्कारमा समेत मदिरा अपरिहार्य वस्तुका रुपमा प्रयोग हुनुले मदिरा र मानव सभ्यताबीचको सम्बन्धलाई झल्काउँछ । आधुनिकीकरणसँगै मद्यपानको यो परम्परागत मान्यता पुरै फेरिएको छ । नेपालमा मदिरा सेवन गर्नेहरुमा १८ देखि ३० बर्ष उमेर समूहका मानिसहरुको तथ्यांक झण्डै ८० प्रतिशत छ भने १५ देखि ६० बर्ष उमेर समूहका झण्डै ६७ प्रतिशत मानिसहरु मदिरा सेवन गर्ने गर्छन् । नेपालमा परम्परागत र नियमित मदिरा सेवनको प्रवृत्ति सहित विभिन्न उत्सव र पर्वमा पनि मद्यपान गर्ने चलन तीब्र रुपमा बढ्दैछ । मद्यपान सेवनले थकान मेटाई शरीरलाई स्फूर्ति राख्छ भन्ने गहिरो विश्वास तल्लो वर्गका मानिसहरुमा छ । परम्परागत मान्यता पूरा गर्न वा आनन्द लिनका लागि सेवन गरिने मदिराको असरबारे भने उपभोक्ताहरु लगभग अनविज्ञ नै रहेको पाइन्छ । मद्यपान मृत्युका मुख्य आठ कारण मध्येको एक हो । नेपाल जस्ता अल्पविकसित देशमा खराब जनस्वास्थ्यका तीन कारण मध्येको एउटा हो, मद्यपान । मेडिकल पत्रिका ल्यान्सेटमा प्रकाशित एक शोधका अनुसार स्वास्थ्यका लागि मदिरा हेरोइनभन्दा हानिकारक हुन्छ । यसमा सुर्ती या तमाखु र कोकिनलाई मदिराजत्तिकै हानिकारक मानिएको छ । तर, एक्सट्यासी र एलएसडीजस्ता नशालु औषधिलाई भने सबभन्दा कम हानिकारक ड्रग बताइएको छ । यस रिपोर्टका लेखकद्धय प्रोफेसर डेबिड नट र डा. लेस किङ हुन् । दुवै ब्रिटेनका पूर्व मुख्यऔषधि सल्लाहकार हुन् । प्रोफेसर नट भन्छन्, ‘रक्सी सबभन्दा हानिकार नशा हो किनभने यसको प्रयोग समाजमा व्यापक स्तरमा हुन्छ ।’ नशालु औषधि या पदार्थबाट हुने शारीरिक तथा मानसिक हानी, लत, अपराध, अर्थव्यवस्था र समाजमा पर्ने असरका आधारमा हरेक नशालु चीजलाई अंक दिएर यस रिपोर्टमा सूचीबद्ध गरिएको छ, जसअनुसार मदिरापछि हेरोइन र यसपछि कोकिन खतरनाक नशालु चीजमा मनिएका छन् । ‘कोकिनको लत सबभन्दा खराब लत हो, तर यसको लतमा फसेका मानिसका संख्या मदिराको लतमा फसेका मानिसका संख्याभन्दा धेरै कम छ,’ प्रोफेसर नट भन्छन्, ‘आज संसारभरि धेरै मानिस मदिराका लतमा फसेका छन् र उनीहरु मदिराका लागि जे पनि गर्न तयार छन् ।’ उनका अनुसार कुनै नशाको एक व्यक्तिमाथि पर्ने प्रभाव र समाजमा पर्ने प्रभावलाई छुट्टाछुट्टै हेर्नुपर्छ । किन कसैलाई ढिलो, कसैलाई चाडो लाग्छ ? कोही यस्ता हुन्छन्– जो दुई पेग मदिरा चढाउनासाथ लर्खराउन थाल्छन्, लर्बराउन थाल्छन् । तर, कोहीलाई भने दुई पेगले छु“दा पनि छु“दैन र उनी पूरै होसमा रहन्छन् । अमेरिकी वैज्ञानिकले एक यस्तो जिनको खोजी गरेको दाबी गरेका छन्, जसका सहायताले किन कसैलाई रक्सी चा“डो लाग्छ त्यो पत्ता लगाउन सकिन्छ । उनीहरुका अनुसार सिवाइपिटुई वन नामक यो जिन १० देखि २० प्रतिशत मानिसमा यो जिन पाइन्छ । यस जिनले रक्सीको लतस“ग लड्न मद्दत गर्ने विश्वास पनि गरेका छन् उनीहरुले । नर्थ क्यारोलिना विश्वविद्यलयले भनेको छ– यस शोधको उद्देश्य मदिराको लतविरुद्ध लड्न सहयोग पु¥याउनु हो । क्लिनिक एन्ड एक्स्पेरिमेन्टल रिसर्च नामक जर्नलका अनुसार मानिसलाई मदिराप्रति ज्यादा संवेदनशील बनाउन सिवाइपिटुई वन जिनलाई औÈधिका रूपमा दिन सकिन्छ । यसका मुख्य शोधकर्ता प्रोफेसर किर्क विल्हेल्मसन भन्छन्, ‘नशाको अचुक औषधि खोज्ने काममा हामीले अझै धेरै गर्न बाकी छ, तर मदिराले दिमागमा कुन प्रकारले प्रभावित गर्छ, त्यसबारे यस जिनमार्फत धेरै जानकारी हासिल गर्न सकिन्छ ।’ मदिरा शरीरमा प्रवेश गरेपछि यसको केही हिस्सा एक इन्जाइमद्धारा दिमागमा पुग्ने गर्छ । सिवाइपिटुई वन जिन भएका मानिसमा मदिरा एकदम चाडै दिमागमा पुग्छ । यही जिनमार्फत कसैलाई किन रक्सी चाडै लाग्छ भन्ने कुरा बुझ्न सकिने प्रोफेसर विल्हेल्मसनको भनाइ छ । यस नतिजामा पुग्नका लागि शोधकर्ताहरुले २ सय जोडी विद्यार्थीमा प्रयोग गरिएको थियो । उनीहरू आफू मदिराको लत भएका मानिस नभए पनि उनीहरुका बाबुआमामध्ये एकजना भने मदिराको लतमा फसेका थिए । शोधकर्ताहरुले विद्यार्थीलाई अन्नबाट बनेको मदिरा र सोडाको मिश्रण दिएका थिए, जो औसतमा तीन पेग मदिरा बराबर थियो । केही अन्तरालपछि उनीहरू कस्तो अनुभव गरिरहेका छन् सोधिएको थियो । ‘नशामा थिए कि, होसमा, निद्रा लागिरहेको थियो कि जागै थिए ?’ यस्तै प्रश्न सोधिएको थियो । शोधकर्ताहरुले यसको नतिजा सिवाइपिटुई वन जिन दिएपछि विद्यार्थीमा देखिएको असरस“ग तुलना गरेका थिए । यसपछि सिवाइपिटुई वन जीनले व्यक्ति धेरै हदसम्म मदिराको असर बढी झेल्न सक्छन् कि सक्दैन भन्ने कुरा निर्धारण गर्छ । प्रोफेसर विल्हेल्मसेनले यसबारे अरू शोधको आवश्यकता देखेका छन् । ‘मदिराको लत एक जटिल रोग हो,’ उनी भन्छन्, ‘मानिस किन मदिरा पिउछन्, यसका धेरै कारण हुन सक्छन् । र, यो जिन केवल एक कारण हुनसक्छ ।’ प्रोफेसर कोलिन ड्रमन्ड भन्छन्, ‘रक्सीको वानी लाग्नुपछाडि परिवारको धेरै प्रभाव हुनसक्छ । जड्याहा आमाबाबुका सन्तान जड्याहा हुने सम्भावना चारगुणा बढी हुन्छ ।’ हृदयरोगबाट बचाउछ स्पेनमा भएको एक अध्ययनअनुसार हरेक दिन मदिरा सेवन गर्नाले पुरुषमा हृदयरोगको खतरा एकतिहाइ कम हुन जान्छ । उल्लेखनीय के छ भने स्पेनका मानिस अपेक्षाकृत बढी मदिरा पिउछन्, तर त्यहा हृदयरोग अपेक्षाकृत कम पाइएको छ । मदिराको लतमाथि स्पेनमा भएको यस अध्ययनमा २९ देखि ६९ वर्षका १५ हजार ५ सय पुरुष र २६ हजार महिला सहभागी थिए । तर, ‘हार्ट’ नामक जर्नलमा प्रकाशित रिपोर्टअनुसार महिलालाई अल्कोहल सेवनबाट फाइदा देखिएन । अध्ययनमा सहभागी मानिसका वानीलाई १० वर्षसम्म अध्ययन गरिएको थियो । ती मानिसहरु मदिरै नछुनेदेखि दैनीक ९० ग्राम सम्म सेवन गर्नेलाई विभिन्न समूहमा राखेर अध्ययन गरिएको थियो । अल्कोहल र हृदयरोगबारे बिवाद अनुसन्धानअनुसार हरेक दिन एक प्याग भोड्का पिउनेमा हृदयरोगको खतरा ३५ प्रतिशतसम्म कम हुन्छ, तर दैनिक तीनदेखि एघार प्यागसम्म भोड्का पिउनेमा हृदयरोगको खतरा आधा रहन्छ । महिलामा भने यस्तोखाले कुनै फाइदा देखिएन । यसै पनि उनीहरुमा हृदयरोग हुने सम्भावना कम हुन्छ । अनुसन्धान टोलीका अनुसार महिलाको शरीरका अल्कोहलको पाचन भिन्नै ढंगले हुन्छ र स्त्री हार्मोनले कम उमेरका महिलालाई हृदयरोगबाट रक्षा गर्ने काम गर्छ । ब्रिटिस हार्ट फाउन्डेसनले स्पेनको यस अध्ययनलाई आखा चिम्लेर ग्रहण गर्न नहुने जनाएको छ । ‘यस अध्ययनले मुटुको धमनीसम्बन्धित रोग तथा अरू प्रकारका हृदयरोगमाथि विचार गरेको छैन । साथै, अत्यधिक मदिरा सेवनबाट निम्तिने अन्य रोगमा विचार गरिएको छैन ।’ फाउन्डेसनकी सिनियर कार्डियाक नर्स क्याथी रोसले भनेकी छिन्, ‘अल्कोहलले एक अंगलाई सीमित सुरक्षा प्रदान गर्न सक्ला, तर यसको अत्यधिक सेवनले अरु अंगलाई नोक्सान पु¥याउन सक्छ ।’ स्वास्थ्य सम्बन्धी अर्का ब्रिटिस संस्था स्ट्रोक एसोसिएसनले भनेको छ– नियमित रूपमा अत्यधिक मदिरा सेवनबाट हृदयघातको खतरा तीनगुणा बढ्ने कुरा प्रमाणित भइसकेको छ । त्यस्तै, लन्डन स्कुल अफ हाइजिन एन्ड ट्रपिकल मेडिसिनका प्रोफेर माटिन म्याककीले चेतावनी दिएका छन् कि स्पेनमा भएको यस अध्ययनलाई भरोसा गरेर कसैले पनि धेरै मदिरा पिउन सुरु गर्नु हुन्न । उनले भनेका छन्, ‘अल्कोहल र हृदयरोगको सम्बन्धको मुद्दा अहिले पनि विवादास्पद छ ।’ निरन्तर र उच्च मदिरापानले मानिसलाई दुव्र्यसनी बनाइदिन्छ जुन अवस्थामा मानिस मदिराविना जिउनै नसक्ने अवस्थामा पुग्छ । अनुसन्धान माथि टिप्पणीकर्ताहरुले भने झै मुटुबाहेक कलेजो, टिबी र क्यान्सर जस्ता प्रत्यक्ष रुपमा सम्बन्धित मात्रै होइन् अप्रत्यक्ष रुपमा एचआइभीको पनि प्रमुख कारक मदिरा हो । अत्यधिक मदिरापानले मानसिक असन्तुलन पनि निम्त्याउछ । महिलाहरुमा गर्भ तुहिने समस्या र यौन शक्तिलाई निस्तेज मदिराले पार्छ । मदिरा सेवनले यौन इच्छा जगाउँछ तर यौनसर्मथ्य घटाउने कुरा चिकित्सकहरु बताउछन् । मद्यपान गर्ने महिलाबाट जन्मिएका बच्चा कम तौलको हुने खतरा पनि त्यतिकै रहन्छ । मद्यपान गर्ने अधिकांश मानिसमा उच्च रक्तचाप र डिप्रेशन हुने समस्या पनि रहन्छ । विश्वमा झण्डै चार प्रतिशत मृत्यु मद्यपानका कारण हुने गर्दछ भने झण्डै पाँच प्रतिशत रोगको कारण पनि मद्यपान हुने गरेको छ । मद्यपानले घरायसी रुपमा आर्थिक समस्या पनि उतिकै खडा गर्दछ । बाबुको मद्यपानको लतका कारण छोराछोरीले कापी कलम किन्न नपाएका अनगिन्ती उदाहरण छन् नेपाली समाजमा । लत छुटाउने की ? मद्यपान लत बनिसकेपछि त्यसलाई कम गर्दै छुटाउन अनेक उपाय अपनाउनु पर्दछ । मदिरा सेवनको मात्रा घटाउने क्रमसँगै परामर्श, पुनस्थापना केन्द्रको सहयोग हुँदै मद्यपानका दुव्र्यसनीलाई पुनर्जीवन दिन सकिन्छ । यसका लागि परामर्श एवं पुनस्थापन सेवा प्रदान गर्ने संस्था पनि खुलेका छन् । ( स्वास्थ्य जर्नलहरूको सहयोगमा )
0 comments :
Speak up your mind
Tell us what you're thinking... !