Headlines News :
Home » » नागरिकता बितरण र फोटो सहितको मतदाता नामावली दर्ताका लागि दोलखामा टोली परिचालन

नागरिकता बितरण र फोटो सहितको मतदाता नामावली दर्ताका लागि दोलखामा टोली परिचालन

Written By Unknown on Friday, May 10, 2013 | 11:53 PM


हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

चरिकोट, वैशाख २८–निर्वाचनलाई लक्षित गरी दोलखामा नागरिकता बितरण र फोटो सहितको मतदाता नामावली दर्ताका लागि दोलखामा टोली परिचालन गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयले ५१ वटा गाविस र भिमेस्वर नगरपालिकामा गरी एक महिनाका लागि बिभिन्न ५ वटा टोली खटाएको हो । आगामी जेठ २० गते सम्म टोलीले गाउँ गाउँमा पुगेर नागरिकता बितरण र फोटो सहितको मतदाता नामावली दर्ता गर्नेछ ।
आज टोलीले मेलुङ, गैरीमुदी, स्यामा र कालिञ्चोक गाविसका स्थानीयलाई नागरिकता बितरण गर्नुको साथै फोटो सहितको मतदाता नामावली दर्ता गर्ने छ । प्रत्येक टोलीमा नागरिकता बितरण र फोटो सहितको मतदाता नामावली दर्ताका लागि निजामति कर्मचारी तथा सुरक्षाका लागि प्रहरी परिचालन गरिएको छ ।
स्थानीय प्रशासनले १५ वटा गाविस र भिमेस्वर नगरपालिकाका तिन स्थानमा एक–एक दिन र बाँकी सवै गाविसमा दुई–दुई दिनका दरले टोली खटाएको दोलखाका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जानकारी दिए ।

हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

Share this article :

0 comments :

Speak up your mind

Tell us what you're thinking... !

Connect to facebook

 
Copyright © 2014. Nepal Histry - All Rights Reserved Published by Nepal Histry Designed by Online Computer Institute