Headlines News :
Home » » ईश्वर र सुजाता उफ्रिनुको कारण खुलासा

ईश्वर र सुजाता उफ्रिनुको कारण खुलासा

Written By Unknown on Friday, May 10, 2013 | 11:56 PM


हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

काठमाडौं, वैशख २८–अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त नियुक्ति प्रकरणमा कांग्रेस–एमालेभित्र निकै ठूलो नाटक मञ्चन भयो । कसैले विरोध गर्ने त कसैले समर्थन गर्ने भयो । यतिसम्म त ठिकै थियो, आ–आफ्नो कोणबाट कुरा भैरहेको थियो । तर, एमाले महासचिव इश्वर पोखरेल र काग्रेस नेतृ सुजाता कोइरालाको अस्वभाविक चलखेल भएको छ । आखिर किन इश्वर पोखरेल र सुजता छट्पटाएका होलान् त ? रोचक तथ्य भेटिएको छ ।
कार्की नियुक्ति प्रकरण तातेकै बेला सुजता सभापति सुशीललाई भेट्न महराजगञ्ज गइन् । उनले सानुबाबासँग भनिन्, ‘लोकमानलाई मेरो कमजोरी थाहा छ, उसले फाइल मात्र तान्यो भने म त मर्छु ।’ स्रोतका अनुसार कार्की पनि विराटनगरकै भएकाले कोइराला परिवारका सबै खेलबारे नजिकबाट जानकार छन् । त्यही भएर सुजातालाई डर छ कि कतै कार्कीले कोइराला परिवारमा पनि हमला गर्ने त होइनन् ।
उता एमाले महासचिव पोखरेल त एक झुन्ड लिएर कार्कीलाई रोक्न भन्दै शीतलनिवास गए । शाही कालमा उनले पानी ट्याङ्कीमा पैसा लुकाएको खुबै चर्चा थियो भने आपूर्ति मन्त्री हुँदा पेट्रोलको मूल्य नबढाए आत्महत्या गरे सरह हुने बताउँथे । ओखलढुंगाको माङ्ख्खा भिरको टुप्पोमा घर छ, उनको । रातारात अर्वपति बनेका छन् । आलीशान महल, विभिन्न ठाउँमा लगानी भएका पोखरेललाई पनि आफ्नो भ्रष्टाचारको मुद्दामा परिएला भन्ने भय रहेको एमाले नेताहरु नै बताउँछन् । त्यही भएर उनी मुर्छित भएर पार्टीको अनुमति नलिई राष्ट्रपतिकहाँ गएका थिए । आफूलाई कसैले पनि महत्व नदिएपछि पोखरेलले पार्टीका सबै निर्णयमा विरोध गर्दै आएका छन् ।
त्यसैबीच एमालेभित्रै पोखरेललाई कारवाही गर्न माग गरिएको छ । एमाले सचिव शंकर पोखरेल र प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले पोखरेलले पार्टी कार्यालयमा पार्टी विपरित काम ग¥यो भनेर त्यही बेला २३ बुँदे आरोपपत्र दायर गरेका थिए ।
यसैबीच कांग्रेस नेता गगन थापाले टिभीमा आउनका लागि कार्कीको विरोध गरेको रहस्य खुलेको छ । आजकल उनी भारतीय खेमाबाट युरोपेली खेमामा गएका छन् । आइसीमा भन्दा युरो र डलरमा चासो बढेपछि गगनले खेमा बदलेको बताइन्छ । अहिले गगन कनकहरुको खेमामा देखिनुको पछाडि पनि युरो र डलरकै रहस्य भएको बताइएको छ । ‘पहिला उनी आईसी लिन्थे, अहिले डलरतिर लागेका छन्,’ नेविसंघका एक केन्द्रीय सदस्यले भने ।
यद्यपि, कार्की अख्तियार प्रमुखमा नियुक्त भैसकेका छन् । अव के हुने हो हेर्न बाँकि नै छ ।

हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

Share this article :

0 comments :

Speak up your mind

Tell us what you're thinking... !

Connect to facebook

 
Copyright © 2014. Nepal Histry - All Rights Reserved Published by Nepal Histry Designed by Online Computer Institute