हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस
|
अपरान्ह बस्ने बैठकमा दोस्रो संविधानसभा निर्वाचनका लागि निर्बाचन क्षेत्र निर्धारण आयोग गठन लगायत विषयमा छलफल हुने छ । यस्तै निर्वाचन ऐनबारे सरकारलाई सुझाव दिने र असन्तुष्ट असन्तुष्ट दलका नेताहरुलाई सहमतिमा ल्याइ चुनावी वातावरण बनाउने विषयमा पनि छलफल केन्द्रीत हुने एमाले नेता भीम रावलले जानकारी दिए ।
यसअघि शुक्रबार बसेको समितिको बैठकले असन्तुष्ट दलहरुसंग छलफल गर्ने जिम्मा समितिका संयोजकको जिम्मेवारी समेत सम्हाल्दै आउनु भएका नेकपा एमाले अध्यक्ष झलनाथ खनाललाई दिएको छ ।
यसैबीच सरकारले बार्ताकालागि बोलाएपछि के गर्ने भनेर छलफल गर्न नेकपा माओवादी सहित अन्य साना दलको बैठक डाकिएको छ । नेकपा माओवादीका सचिव देब गुरुङले आन्दोलनको समिक्षा र बार्ताका विषयमा छलफल गर्न आज दिउँसो बैठक डाकिएको जानकारी दिए ।
हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस
|

0 comments :
Speak up your mind
Tell us what you're thinking... !