Headlines News :
Home » » क्यान्सरको जोखिम भएपछि स्तन फालेँ :एन्जेलिना जोली

क्यान्सरको जोखिम भएपछि स्तन फालेँ :एन्जेलिना जोली

Written By Unknown on Tuesday, May 14, 2013 | 4:20 AM


हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

न्यूयोर्क, वैशाख ३१ -  आफ्नो व्यक्तिगत बिषयमा निकै कम बोल्ने ओस्कार जितेकी हलिउड नायिका एन्जेलिना जोडीले भर्खरै जीवनको महत्वपूर्ण रहस्य सार्वजनिक गरेकी छन् । न्यूयोर्क टाईम्समा उनले लेखेको भावपूर्ण लेखमा क्यान्सरको सम्भावना बढेपछि आफूले दुवै स्तन हटाउनुपरेको उल्लेख गरिएको छ ।
यो बर्षको सुरुवातमा आफ्नो रगत परीक्षण गर्दा क्यान्सरको लक्षण भेटिएपछि स्तन काटेर फाल्ने निर्णय गर्नुपरेको लेखमा उल्लेख छ । उनमा स्तन क्यान्सरको ८७ प्रतिशत सम्भावना र पाठेघर क्यान्सरको ५० प्रतिशत सम्भावना भएको चिकित्सकले बताएका थिए ।
jollyलेखमा जोलीले जोखिम कम गर्नको लागि आफूले स्तन हटाउने निर्णय गरेको उल्लेख गरेकी छन् । आफ्नो अनुभवबाट अरु महिलाले पनि यस्तो निर्णय लिन नहिच्किचाउन भन्ने आफ्नो उद्देश्य रहेको उनले उल्लेख गरेकी छन् । उनको आमाको पनि क्यान्सरकै कारण ५६ बर्षको उमेरमा मृत्यु भएको थियो ।
माई मेडिकल च्वाईस शिर्षकमा ३७ बर्षीय जोलीले केही हप्ताअघि मात्रै आफूले चिकित्सकको सल्लाहअनुसार शल्यक्र्रिया गरेर स्तन हटाएको बताएकी छन् । उनले पिंक लोटस ब्रेस्ट सेन्टरमा शल्यक्र्रिया गरेकी थिइन् । आफ्नो पति ब्राड पिटले आफूलाई दिएको साथको उनले लेखमा सह्राहना गरेकी छन् ।
लेखमा उनले महिलाहरुलाई रोग लागेको भए नहिच्किचाई सुरक्षाको उपाय अपनाउन सुझाएकी छन् । उनका ६ सन्तान छन् तीमध्ये तीनजना धर्म सन्तान हुन् ।

हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

Share this article :

0 comments :

Speak up your mind

Tell us what you're thinking... !

Connect to facebook

 
Copyright © 2014. Nepal Histry - All Rights Reserved Published by Nepal Histry Designed by Online Computer Institute