काठमाडौ, वैशाख ३१ - वैदेशिक रोजगारीमा जान लागेकाले आफ्नो अन्तिम श्रम स्वीकृतिबारे अब एसएमएसबाटै जानकारी पाउने भएका छन् । विभागले सोमबार मोबाइल-एसएमएस सेवा सुरु गरेको हो । यसका लागि कामदारले प्रति एसएसएम भ्याट, सेवा शुल्कसहित १ रुपैयाँ २४ पैसा खर्चिनुपर्छ ।

जुनकुनै सेवाको मोबाइलबाट अंग्रेजीमा पीपी टाइप गरेर स्पेस छोडी आफ्नो पासपोर्ट नम्बर लेखेर ४००१ मा पठाएपछि श्रम स्वीकृतिबारे जानकारी पाइनेछ । विभागबाट श्रम स्वीकृति पाएको भए एसएमएसमा कामदारको नाम, पद, काम गर्न जाने कम्पनीको नाम, देश, श्रम स्टिकर नम्बर, निर्णय मिति र पठाउने कम्पनीको नाम आउनेछ । श्रम स्वीकृति मिलिनसकेकालाई 'सरी तपाइर्ंको वर्क परमिट पाइएन' भन्ने जानकारी दिइनेछ ।
0 comments :
Speak up your mind
Tell us what you're thinking... !