Headlines News :
Home » » अमर लामाको हत्या एमाओवादीले गरेको होइनः प्रचण्ड

अमर लामाको हत्या एमाओवादीले गरेको होइनः प्रचण्ड

Written By Unknown on Tuesday, May 21, 2013 | 6:19 AM


हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस


७ जेठ, चितवन । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमर लामाको हत्या एमाओवादीले नगरेको बताउनुभएको छ ।
पश्चिम चितवनको गीतानगरमा रहेको हिमालय उच्च माविको भवन उद्घाटन तथा ३३ औँ वाषिर्कोत्सव समारोहमा मंगलबार प्रचण्डले लामाको हत्या एमाओवादीले गरेको भनी लगाइएको आरोपको प्रतिवाद गर्दै भन्नुभयो-”अमर लामाको हत्या एमाओवादीले गरेको कसरी थाहा भयो, उहाँ कहिलेदेखि न्यायाधीश बन्नुभयो ।”
उहाँले आगामी मङ्सिरभित्र संविधानसभा निर्वाचन हुनेमा कुनै शङ्का नगर्न आग्रह गर्दै मन्त्रिपरिषद्का अध्यक्ष र मन्त्रीसँग आफूले गरेको पछिल्लो छलफलका आधारमा केही दिनभित्रै निर्वाचनको मिति घोषणा गरिने अनौपचारिक सहमति भएको जानकारी दिनुभयो ।
विद्यालयले आयोजना गरेको धान्याचल माहायज्ञमा राज्यद्वारा बेपत्ता पारिएका तत्कालीन माओवादी केन्द्रीय सदस्य दण्डपाणि न्यौपानेको परिवारले ३५ लाख सहयोग प्रदान गरेपछि विद्यालयको नामसमेत परिवर्तन गरी ‘हिमालय दण्डपाणि न्यौपाने उच्च मावि’ राखिएको छ । रासस


हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

Share this article :

0 comments :

Speak up your mind

Tell us what you're thinking... !

Connect to facebook

 
Copyright © 2014. Nepal Histry - All Rights Reserved Published by Nepal Histry Designed by Online Computer Institute