Headlines News :
Home » » सदरुल हत्या प्रकरणमा छानविन समिति गठन गृहमन्त्री नआई शव उठाउन नदिने स्थानीयको अडान

सदरुल हत्या प्रकरणमा छानविन समिति गठन गृहमन्त्री नआई शव उठाउन नदिने स्थानीयको अडान

Written By Unknown on Tuesday, May 21, 2013 | 6:20 AM


हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस


७ जेठ, काठमाडौं । सरकारले सप्तरीको क्षेत्र नं ५ का पूर्वसभासद् सदरुल मियाँ हकको हत्याबारे छानविन गर्न समिति गठन गरेको छ । डीआईजी दिनकर शमशेर राणाको संयोजकत्वमा गठित समितिमा पूर्वाचल प्रहरी प्रमुख र राष्ट्रिय अनुसन्धानका पूर्वाञ्चल प्रमुख सदस्य रहेका छन् । समितिलाई ७ दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ ।
sadrul-miya

मियाँको सोमबार राति धारिलो हतियार प्रयोग गरी घाँटी रेटेर बिभत्स ढंगबाट हत्या भएको थियो । स्थानीयस्तरमा लोकपि्रय रहेका मियाँको हत्यापछि सप्तरीको कल्याणपूर शोकमग्न छ । दोषीमाथि कारवाहीको माग गर्दै स्थानीयबासी आन्दोलित भएका छन् । उनीहरुले राजमार्ग अवरुद्ध गरेका छन् भने गृहमन्त्री माधव घिमिरे स्वयंम घटनास्थलमा नआएसम्म शव उठाउन नदिने अडान लिएका छन् ।
घटनास्थलबाट करिव ३ सय मिटर पर रगतले लत्पतिएको सर्ट र चप्पल प्रहरीको तालिम प्राप्त कुकुरले फेला पारेको छ । हत्याराको खोजीका लागि प्रहरीसँगै तालिम प्राप्त कुकुरसमेत झिकाइएको सप्तरीका प्रमुख जिल्ला अधिकारी हरिकृष्ण पौडेलले जानकारी दिनुभयो ।
हत्या कसले र किन गर्‍यो खुल्न सकेको छैन । धेरै समय आफ्नै निर्वाचन क्षेत्रमा बिताउने गरेका पूर्वसभासद मियाँले आफू असुरक्षित रहेको भनेर कहिल्यै नबताएको उनी निकटकाहरुले बताएका छन् ।
सप्तरी जिल्लाको कल्याणपुर-२ स्थित बिसनपुर चौकस्थित पेट्रोलपम्पमा रहेको भवनको माथिल्लो तलामा उनको हत्या भएको स्थानीयले बताएका छन् । एक्लै सुतेका मियाको हत्या भएको विहान साढे ८ बजेमात्रै परिवारका सदस्यले थाहा पाएको स्थानीयवासीले बताएका छन् ।
सप्तरीको कल्याणपुरमा पूर्वसभासद मियाको इटाभट्टा उद्योग र पेट्रोलपम्प व्यवसाय छ । मुस्लिम समुदायका मिया सबैसँग मिलनसार रहेको स्थानीय बताउँछन् । बिसनपुर चौकमा आफ्नो घरभन्दा ५ सय मिटर टाढा रहेका पेट्रोल पम्पमा उहाँको हत्या भएको हो ।
कल्याणपुर निवासी मियाले ०६४ सालको संविधानसभा चुनावमा सप्तरी क्षेत्र नम्बर ५ बाट स्वतन्त्र उमेद्वारका रुपमा १० हजार ६ सय ३ मत ल्याएर जित्नुभएको थियो । सो क्षेत्रको चुनावमा एमाले दोस्रो, माओवादी तेस्रो र कांग्रेसले चौथो स्थान हासिल गरेका थिए । मियाँ नेपाली कांग्रेस पृष्ठभूमिका व्यक्ति हुनुहुन्थ्यो ।
पूर्वसभासद मिया एमाओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको २० दलीय गठबन्धनको सदस्य समेत सहभागी हुनुहुन्थ्यो । संविधानसभामा रहँदा अल्पसंख्यक मुस्लिम समुदायको हितका लागि उहाँले आवाज उठाउनुभएको थियो । संविधानसभामा साना दलसँग मिलेर रोष्टम घेर्ने र नारावाजी गर्नेक्रममा उहाँ केही दिन निलम्बनमासमेत पर्नुभएको थियो ।


हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

Share this article :

0 comments :

Speak up your mind

Tell us what you're thinking... !

Connect to facebook

 
Copyright © 2014. Nepal Histry - All Rights Reserved Published by Nepal Histry Designed by Online Computer Institute