Headlines News :
Home » » पैसा कमाउन मलेसिया पुगेका युवा घाउ लिएर फर्किए मेनपावर मूकदर्शक, वर्ष दिन जेल बस्दा उपचार खर्च पाएनन्

पैसा कमाउन मलेसिया पुगेका युवा घाउ लिएर फर्किए मेनपावर मूकदर्शक, वर्ष दिन जेल बस्दा उपचार खर्च पाएनन्

Written By Unknown on Friday, May 10, 2013 | 3:22 AM


हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

रामचन्द्र नेपाल
२७ वैशाख, क्वालालम्पुर । वैदेशिक रोजगारी गर्न मलेसिया पुगेका तीन नेपाली युवा ११ महिनाको जेल बसाइपछि बिहीवार नेपाल र्फकेका छन् । ओखलढुंगा फेदीगोठ-५ का ४५ वर्षीय पदमवहादुर खत्री, रुकुमका २६ वर्षीय नारायण सुनुवार र लप्सीफेदी काठमाण्डौका ३३ वर्षीय अकलबहादुर बम्जन प्रवासी नेपाली समन्वय समितिको पहलमा नेपाल फर्किएका हुन् । जेलबाट छुटेका उनीहरुको शरीरभरि घाऊ पाकेको छ ।malaysia tower
मलेसियाको सावा जेलमा गत वर्षको जुन ७ तारिखदेखि उनीहरुले कैदी जीवन बिताउदै आएका थिए । काठमाण्डौको वालकुमारीमा रहेको इण्टर नेशनल मेनपावरले न्युनतम तलब ८ सय दिने भन्दै गार्डनर भिषामा पदमबहादुरलाई ४० हजार रुपैया लिएर मलेसिया पठाएको थियो । तर, मलेसियामा भनेको काम नदिई रुख काट्ने काममा उनलाई लगाइएको थियो । पहिलो महिना आफुले बढीमा ४ सय ७५ रिंगेटदेखि ३ सय १५ रिंगेटसम्म तलब बुझेको उनले अनलाइनखबरलाई जानकारी गराए । अर्को महिनामा काम र दाम कम्पनीले दिन छाडेेलगत्तै प्रहरीले समातेको पदमको भनाइ छ । ‘हामीलाई किन समातियो र जेल हालियो, थाहा भएन ।’ उनले भने ।
पदमसँगै काम गर्ने नारायण सुनुवारले पनि पदमले जस्तै जेल सजाय भोग्नु परेको छ । गत वर्षको अपि्रल २५ का दिन कनेक्सन मेनपावरलाई बेसिक तलव ५ सय ४६ रिंगेट पाउने शर्तमा ६० हजार रुपैया बुझाएर कार्पेन्टरको भिषामा मलेसिया पुगेका सुनुवारलाई पनि कन्ट्रयाकमा रुख काट्ने काममै लगाइएको थियो । उनले पहिलो महिनामा ५ सय र दोस्रो र तेस्रो महिनामा क्रमश दुई सय र एक सय रिगेट तलब बुझेका थिए । चौथोे महिनामा उनलाई प्रहरीले समातेको थियो ।त्यस्तै हुमन मेनपावरवाट जुलाई १ तारिखमा नर्सरीको भिषामा ६५ हजार रुपैया बुझाएर मासिक ७ सय ५० रिंगेट तलब पाउने शर्तमा मलेसिया पुगेका अकलबहादुर बम्जनलाई पनि रुख काट्ने काम लगाइएको थियो । उनले पहिलो महिनामा ५ सय २१ र दोस्रो महिनामा ३ सय ६५ मात्रै तलव बुझेको बताएका छन् । साक्षर मात्रै रहेका उनीहरुलाई किन समातिएको हो, आफुहरुले जानकारी नपाएको बताउँदै आएका छन् ।
अकलवहादुर जेलमा रहेको जानकारी मलेसियाबाटै एक नेपालीले परिवारलाई दिएका थिए । त्यस पश्चात परिवारले काठमाण्डौमा रहेको प्रवासी नेपाली समन्वय समिति -पिएन्सीसी) लाई सहयोगका लागि अनुरोध गरेका थिए । संस्थाले सावा जेलबाट परिवारमा खबर पठाउने नेपालीसँग सम्पर्क गर्दा परिवारले पचास हजार पठाए मात्र उनलाई नेपाल फर्काउन सक्ने जानकारी गराएका थिए । जेलमा रहेका नेपालीको सम्वन्धमा टिकटको व्यवस्था गर्न भनी दुतावासमा खबर भएको तर दुतावासले टिकटको व्यवस्था गर्न नसकेको जानकारी गराएको थियो ।आप्रवासी कामदारको उद्धारमा सहयोग गर्दै आएको अन्तराष्ट्रिय आप्रवार्सी सगठनसँगको समन्वय र आर्थिक सहायतामा दुई महिनाको लामो प्रयासमा तीनै जना नेपाल र्फकन सफल भएको पिएनसीसीका कार्यक्रम संयोजक पार्वता अधिकारीले जानकारी दिइन् । बम्जनको खोजीनीति गर्दै गर्दा पदमवहादुर र नारायण सुनुवार पनि सोही जेलमा फेला परेपछि उनीहरुलाई पनि विहीबार नै नेपाल फर्काइएको थियो । पदमबहादुर र नारायण दुवैका परिवारले भने उनीहरु जेलमा परेको अवस्थादेखि काठमाडौसम्म आइसक्दासम्म कुनै खबर पाउन सकेका थिएनन् । यसरी कामदारलाई बिजोग बनाउने मेनपावरमाथि कुनै कारवाही भएको छैन ।
जेलबाट छुटेका तीनैजनाको स्वास्थ अवस्था एकदमै नाजुक देखिएको छ । जीउभरि घाउ आएर पाकेको र हिँड्न पनि नसक्ने अवस्थामा उनीहरु यतिवेला नेपाल फर्केका छन् । स्थिति हेर्दा उनीहरुको लामो र खर्चिलो उपचार गर्नुपर्ने देखिएको छ । तर, पीडितहरुका साथमा उपचारका लागि एक पैसा पनि छैन ।

हट सेक्सी तथा रमाइला भिडियो हेर्न तल क्लिक गर्नुहोस

Share this article :

0 comments :

Speak up your mind

Tell us what you're thinking... !

Connect to facebook

 
Copyright © 2014. Nepal Histry - All Rights Reserved Published by Nepal Histry Designed by Online Computer Institute